८ बैशाख २०८१, शनिबार
Follow Us

मलेसियामा १७७ जना नेपाली जेलमा

नेपालब्रिटेन डट कम्
२३ फाल्गुन २०७७, आईतवार १९:४४

मलेसीया । वैदेशिक रोजगारीको शिलशिलामा मलेसिया पुगेका १ सय ७७ जना नेपाली अहिले पनि विभिन्न मुद्दामा जेल जीवन बिताइ रहेका छन्। केही कमाउने र परिवारलाई सुख दिने सपना बोकेर मेलसिया पुगेका उनीहरु विभिन्न मुद्दामा जेलको जीवन बिताइ रहेका हुन्।

मलेसियकाको पेनाल कोर्ट अन्तर्गत ३१ जना रहेका छन्। बलात्कार, झैझगडा लगायतका मुद्दाहरु उनीहरुमाथि लागेका छन् । यस्तै लागुऔषधमा १० रहेका छन्।

ज्यान उद्योग अन्तर्गतको (मर्डर) केसमा ६ जनाको मुद्दा विचाराधीन रहेको नेपाली राजदूतावास मलेसीयाका द्वितीय सचिव प्रेम बुढाथापाले जानकारी दिए। कोरोना महामारीका बेला मलेसियामा मुभमेन्ट कन्ट्रोल अर्डर उलङ्घन गरेको आरोपमा ३ जनाले जेल जीवन बिताइरहेका छन्।

अवैधानिक रुपमा मलेसियामा बसेर काम गर्दै आएका ५१ जना, बच्चालाई यौन दुव्र्यवहार गरेको आरोपमा २ जना र पानी ट्यांकीमा विष मिसाउन खोजेको आरोममा १ जनाले जेलको जीवन बिताइरहेको छन्।

हालसम्म ६४ जनाको मुद्दाको फैसला आइसकेको छ। पेनाल कोर्ट अन्तर्गत रहेका १० जना नेपालीलाई दूतावासले आर्थिक खर्च समेत दिएर मुद्दा लड्न सहयोग गरिरहेको थापाले बताए।

– समर्पण भट्टराई