१५ चैत्र २०८०, बिहीबार
Follow Us

सर्वोच्चको फैसलाले आफ्नो अडानको औचित्य पुष्टि गरेको एमाले निश्कर्ष

नेपालब्रिटेन डट कम्
१९ पुष २०७३, मंगलवार ०५:२९

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सर्वोच्च अदालतको फैसलापछि संविधान संशोधन विधेयकको औचित्य समाप्त भएको भन्दै फिर्ता लिन सरकार समक्ष आग्रह गरेको छ । पार्टी अध्यक्ष केपी ओलीको भक्तपुर बालकोटस्थित निवासमा बिहान बसेको स्थायी कमिटी बैठकले प्रदेशको सीमा हेरफेरसम्बन्धी संविधान संशोधन विधेयक छलफलमा लैजानु र नलैजानुको औचित्य नरहेको भन्दै फिर्ताको आग्रह गरेको हो । संविधान संशोधन विधेयक असंवैधानिक रहेको आफ्नो दावी पुष्टि हुने गरी सर्वोच्चले प्रदेशसभाको अनुमतिबिना सीमा हेरफेर गर्न नमिल्ने स्पष्ट आदेश दिएको भन्दै एमालेले सबै दल एक कदम पछाडि हटेर परिस्थितिलाई सहज बनाउनु पर्ने निश्कर्ष पनि निकालेको छ । एमालेले सरकार र सत्तारुढ दलको कार्यशैलीले संसदको अबरोध अन्त्य गर्ने वा नगर्ने निरक्यौल हुने स्पष्ट पारेको छ । सर्वोच्चको आदेशपछि कसरी अगाडि बढ्ने भन्नबारे विपक्षी मोर्चामा रहेका ९ र संसदमा रहेका अन्य दलसँग छलफल गरिने उसले जनाएको छ ।