१६ चैत्र २०८०, शुक्रबार
Follow Us

शर्मिला बर्देवाको नयां म्यूजिक भिडियो सार्वजनिक

नेपालब्रिटेन डट कम्
१९ पुष २०७३, मंगलवार ०९:०९
2
फोटो – बिरेन्द्र श्रेष्ठ

लन्डन । लन्डनवासी चर्चित गायिका शर्मिला बर्देवा नयां वर्षमा दर्शक श्रोतालाई नयां सांगीतिक उपहार लिएर आएकी छन् । बर्देवाले गाएको माया जाल…गीतको म्यूजिक भिडियो आइतबार अंग्रेजी नयां वर्षकै दिन लन्डनबाट सार्वजनिक गरिएको छ । हाल बेलायत भ्रमणमा रहेका बिग आइकन साजन आलेले उक्त म्यूजिक भिडियो सार्वजनिक गरे । अग्रजहरुले नयां प्रतिभालाई अवसर र हौसला दिनुपर्ने बताउंदै बर्देवाले साजनको हातबाट म्यूजिक भिडियो सार्वजनिक गरेकी हुन् । उक्त गीत कोमल मल्लले लेखेका हुन् भने कम्पोज एवं एरेन्ज किरण भण्डारीको छ ।

भिडियो बेलायतस्थित सञ्चारकर्मी कुशल श्रेष्ठले निर्देशन गरेका हुन् । के के मूभिज प्रोडक्सन यूकेका डिओपी श्रेष्ठले बेलायतमा सिमित श्रोत र साधनबाट भिडियो बनाउनुपर्ने वाध्यता सुनाउंदै आफूले सकेसम्म नयां प्रयोग गर्न प्रयास गरेको बताए । उनले गायिका शर्मिला बर्देवालाई भिडियोमा नयां गेटअपमा उतारेको बताए । उनले बिकेस बस्नेतसहित प्रमिला केसीलाई पहिलोपटक भिडियोमा मोडलका रुपमा प्रस्तुत गरेका छन् ।

म्यूजिक भिडियो सार्वजनिकीकरण कार्यक्रममा बर्देवाले व्यस्तता बाबजुद श्रोतामाझ नयां गीतहरु पस्कने आफ्नो प्रयास निरन्तर 
रहने जनाइन् । बर्देवाले केही महिना अघिमात्र नृपेश उप्रेतीको शब्द रहेको मेरो ठुम्कामा मर्छन् हजार गीत युट्युबमार्फत सार्वजनिक गरेकी 
थिइन् ।