६ बैशाख २०८१, बिहीबार
Follow Us

जोन्सन एन्ड जोन्सनको कोरोना भाइरस विरुद्धको खोप प्रयोगको अनुमति

नेपालब्रिटेन डट कम्
२८ फाल्गुन २०७७, शुक्रबार १४:२९

लण्डन । युरोपमा जोन्सन एन्ड जोन्सन कम्पनीले विकास गरेको एक मात्रा लगाए पुग्ने भनिएको कोरोना भाइरस विरुद्धको खोपलाई प्रयोगको अनुमति दिइएको छ । विशेषत: गम्भीर बिमारी, अस्पताल भर्ना हुनुपर्ने अवस्थाका विरामीमा पनि यसको प्रभावकारिता ८५ प्रतिशत रहेको कम्पनीको दाबी छ ।

जोन्सन एन्ड जोन्सनका प्रमुख पल स्टोफल्सले खोप वितरण गर्न सजिलो भएको र दुईदेखि आठ डिग्रीमा भण्डार गर्न सकिने भएकोले पनि यो खोप रोजाईमा परेको बताउनुभएको छ । युरोपेली युनियनको औषधि नियामक निकाय युरोपियन मेडिसिन्स एजेन्सीले यसअघि फाइजर, मोडेर्ना तथा आस्ट्राजेनेका कम्पनीका खोपलाई अनुमति दिइसकेको छ ।