१३ बैशाख २०८१, बिहीबार
Follow Us

जुम्ल्याहा बच्चाको जन्मदर उच्च, उत्तर अमेरिकामा ७१ प्रतिशतले जुम्ल्याहा बढे

नेपालब्रिटेन डट कम्
२८ फाल्गुन २०७७, शुक्रबार १४:३५

लण्डन । पछिल्लो ३ दशकमा जुम्ल्याहा बच्चाको जन्मदर एक तिहाईले वृद्धि भइरहेको एक अध्ययनले देखाएको छ । ह्युमन रिप्रोड्क्सन जर्नलमा प्रकाशित विश्वव्यापी तथ्याङ्कको अध्ययन अनुसार विगत ३० वर्षमा एसियामा ३२ प्रतिशत र उत्तर अमेरिकामा ७१ प्रतिशतले जुम्ल्याहा जन्मदर बढेको पाइएको हो ।

अध्ययनमा १ सय ६५ देशको तथ्याङ्क समावेश गरिएको छ । सन् २०१० देखि सन् २०१५ को तथ्याङ्कलाई सन् १९८० देखि सन् १९८५ सम्मको तथ्याङ्कसँग तुलना गरेर पछिल्लो तथ्य सार्वजनिक गरिएको बीबीसीले उल्लेख गरेको छ । सो अध्ययनका अनुसार प्रत्येक वर्ष संसारभरि १६ लाख जुम्ल्याहा बच्चा जन्मिने गरेका छन् ।

विश्वमा जन्मने ४२ जन्ममा एक जन्म जुम्ल्याहा हुने तथ्याङ्क सो अध्ययनले समेटेको छ । कृत्रिम गर्भाधान र ढिलो बच्चा जन्माउने प्रवृत्तिले पनि जुम्ल्याहा जन्मदर वृद्धि भइरहेको सो अध्ययनमा उल्लेख छ ।