१४ बैशाख २०८१, शुक्रबार
Follow Us

प्रिमियर लिगका अन्तिम खेल दर्शकले रंगशालामै गएर हेर्न पाउने

नेपालब्रिटेन संवाददाता
२९ फाल्गुन २०७७, शनिबार ०५:०५

लन्डन । यो सिजनको अन्तिम दुई चरणका खेलमा दर्शकले रंगशालामै गएर इंग्लिस प्रिमियर लिगका खेल हेर्न पाउने भएका छन् । प्रिमियर लिगले सिजनका अन्तिम दुई चरणका खेलमा दर्शकलाई रंगशाला आउन दिने तयारी भएको प्रमुख कार्यकारी रिचार्ड मास्टर्सले बताएका छन् ।

यही मे १७ देखि १० हजार दर्शकलाई रंगशालामा आउन दिइने छ । हरेक क्लबले आफ्नो मैदानमा दर्शकको अघि खेल्न पाउने छन् । कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म अधिकांश खेल दर्शकबिहीन रंगशालामा आयोजना गरिएको थियो ।