१६ चैत्र २०८०, शुक्रबार
Follow Us

बेलायतमा ‘ई–मिडिया हब’को औपचारिक उद्धघाटन

नेपालब्रिटेन डट कम्
१९ पुष २०७३, मंगलवार ०९:२५

जानुका राई । नयाँ वर्षको अवसरमा शुभ-कामना आदान प्रदानसँगै बेलायतस्थित अल्डरसटको निर्माया रोदीघरमा E-Media Hub (एभरेष्ट इन्टरटेन्टमेन्ट) ‘ई–मिडिया हब’ कम्पनीको उदघाटन सम्पन्न भएको छ।

बेलायतबासी नेपाली युवाहरुको सकृयतामा, गायक, गायिका लगाएत पत्रकारहरुको समुहमा ईश्वर चाम्लिङ्ग राई, मितेश गुरुङ, जानुका राई, किशोर गुरुङ, सीता शेरचन, कृष्णराज मेयाङवो, अनिला राई, दिपक राई, किरण चाम्लिङ राई, नबराज राई, भूमिराज राई, प्रेम गरुङ, भूपदेव राई, किसन राई, मुकेश राईको संयुक्त लगानीमा बैधानिक रुपमा दर्ता भएको एभरेष्ट इन्टरटेन्टमेन्ट ई–मेडिया हब कम्पनीको उदघाटन समारोह सम्पन्न भएको हो ।

कम्पनीकी मिडिया बिभाग प्रमुख जानुका राईले स्वागत मन्तव्य दिंदै उपस्थित पाहुनाहरुलाई स्वागत गर्नु भएको थियो ।

कम्पनीका सिईओ ईश्वर चाम्लिङ राईले बेलायतबासी नेपाली समाज र नयाँ पुस्ताका लागि नेपाली भाषा, साहित्य, कला प्रतिभालाई उजागर गर्दै आफ्नो संस्कारलाई जीवित राख्ने उद्देश्यले यो कम्पनी सुरु गरिएको प्रष्ट पार्दै कम्पनिको उद्देश्यको बारेमा जानकारी प्रदान गर्नु भएको थियो ।

कार्यक्रममा गायक नोर्देन तेन्जिङ भूटिया, एन आर एन युके उपाध्यक्ष योग फगामी, कबड्डी र पूरानो डुंगा निर्देशक रामबाबु गुरुङले कम्पनीलाई शुभकामना मन्तव्य क्रममा दिनु भएको थियो ।
मन्तव्यका क्रममा कम्पनीले निरन्तरता पाओस् भन्दै कम्पनीको पूर्णसफलताको कामना व्यक्त गर्नु भएको थियो।

कम्पनीका सदस्यहरु किशन राई, अनिला राई, प्रेम गुरुङ, किशोर गुरुङ र कुष्णराज मेयाङवोले गीत, संगीतहरु पस्केर दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्नु भएको थियो ।

किरात राई यायोक्खा केन्द्रका बरिष्ठ उपाध्यक्ष दिलकुमार राई, उपाध्यक्ष शंकर राई र महासचिव जितेन्द्र साम्पङ राई, मुना समाज युकेका सम्पूर्ण टीम लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

सोचेभन्दा बढी पाहुनाहरुको उपस्थितिले कार्यक्रम अत्यन्तै सफल भएको थियो । कैयौँ संघ-सस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको कार्यक्रमको अर्को उद्देश्य अंग्रेजी नयाँ बर्षको शुभ-कामना आदान प्रदान पनि रहेको थियो ।