८ बैशाख २०८१, शनिबार
Follow Us

तमु समाज युकेद्धारा स्वर्गीय थममाया गुरुङ (कुसुम) को परिवारलाई १० लाख सहयोग

नेपालब्रिटेन डट कम्
१९ पुष २०७३, मंगलवार १०:०४

बुटवल । बैदेशिक रोजगारीको क्रममा युकेमा क्यान्सरबाट पीडित भई मृत्यु भएकी थममाया गुरुङ (कुसुम) को परिवारलाई तमु समाज युकेद्धारा १० लाख ६ हजार १४० रुपैया हस्तान्तरण गरिएको छ । मंगलवार बुटवल नगरपालिका वडा नं. १३, देवीनगर, नरजय पथ स्थित स्वर्गीय थम माया गुरुङ(कुसुम)को बहिनीको घरमा आयोजित कार्यक्रममा आमा फूलमाया गुरुङ र छोरी सोकिन गुरुङ(निशा) लाई तमु समाज युकेका नेपाल प्रतिनिधी मेजर लक्ष्मीप्रसाद गुरुङ, उहाँकी धर्मपत्नी हुमकुमारी गुरुङ र तमु समाज युकेका आजीवन सदस्य विसन गुरुङले उक्त रकम हस्तान्तरण गर्नुभएको हो ।
नवलपरासी जिल्ला, रामनगर २ बबरेरा घर भई पाँचवर्ष अघि युके पुगेकी ४० वर्षिया थम माया गुरुङ(कुसुम)को क्यान्सरको उपचारकै क्रममा कात्तिक २८ गते मत्यु भएको थियो। बिबिएस दोश्रो वर्षमा अध्ययनरत २० वर्षिय सन्दिप गुरुङ र ११ कक्षामा अध्ययनरत सोकिन गुरुङ(निसा)की आमा थममाया गुरुङ(कुसुम)को शव नेपाल ल्याई गुरुङ जातिय संस्कार अनुसार अन्त्येष्टि गरी, काजकिरिया समेत भईसकेको छ । स्वर्गिया थम माया गुरुङ(कुसुम)को सव बेलायत बाट नेपाल फर्काउने सम्पूर्ण ब्यबस्थापन कार्य तथा प्रकृयको संयोजन पेल्काचौर समाज युकेका होम बहादुर गुरुङले गर्नुभएको थियो।

kusum
स्वर्गीय थम माया गुरुङ(कुसुम)को शव नेपाल पठाउन पहलका साथै आवाश्यक खर्च ४ लाख ५० हजार सहयोग प्रदान गरेर तमु समाज युकेले बेलायतमा रहेका नेपालीको पीडामा मानविय सेवा गरेको तमु समाज युकेका नेपाल प्रतिनिधी मेजर लक्ष्मीप्रसाद गुरुङले बताउनुभयो । उक्त रकम सहित स्वर्गीय थम माया गुरुङ(कुसुम)को उक्त घटनामा तमु समाज युकेले कुल १४ लाख ५६ हजार १४० रुपैया सहयोग गरेको छ। तमु समाज युकेलाई आर्थिक सहयोग संकलनका लागि साउथ इष्ट रिजनल तमु धि युकेका अध्यक्ष श्रि चन्द्र गुरुङ, सल्लाहकार हरि गुरुङ, तनहुँ जिल्ला समाज युकेका अध्यक्ष लेख बहादुर गुरुङ, पेल्काचौर समाज युकेका सदस्य होम बहादुर गुरुङ, देवाचन बुद्धिष्ट सेन्टरका सम्रक्षक तथा प्रमुख लामा धरम गुरुङ, लण्डन ईलिङ हस्पिटलमा कार्यरत नर्स सुनिता पाण्डे, यसै गरि स्याम गुरुङ, रमिला गुरुङ र अनिता शर्माले बिषेस सहयोग गरेको तमु समाज युकेका संस्थापक अध्यक्ष तथा थम माया (कुसुम) गुरुङ आर्थिक सहयोग संकलन संयोजक चित्रबहादुर गुरुङले जानकारी दिनुभयो । सहयोगका लागि तमु समाज युकेका अध्यक्ष अर्जुन गुरुङसहितले विशेष पहल गरेको आजीवन सदस्य विसन गुरुङले जानकारी दिनुभयो ।
सहयोग रकम ग्रहण गर्दै स्वर्गीय थम माया गुरुङ(कुसुम)को आमा फूल माया गुरुङले केही दिन अघि ग्याष्ट्रिकले विसञ्चो भएको छ भनेको थियो छोरीले जेठी छोरीको अल्पायुमै निधन आफुले अझै पत्याउन गाह्रो भएको बताउनुभयो । तमु समाज युके भएकै कारण युकेमा निधन भएकी छोरीको लास नेपाल ल्याउन सकेको बताउनुभयो । चार छोरी र एक छोरा मध्ये आफ्नो पहिलो सन्तानको अकल्पनीय निधनले आफु अत्यन्तै मर्माहत भएको बताउनुहुदै आमा फूलमायाले केही समय पछि छोरीको अर्घौ गर्ने बताउनुभयो । तमु समाज युकेबाट प्राप्त आर्थिक सहयोग रकम स्वर्गीय थम माया(कुसुम)को छोरा छोरीको शिक्षाका लागि खर्चिने बताउनुभयो।

  • हुम तमु