१३ बैशाख २०८१, बिहीबार
Follow Us

आयरल्याण्डद्वारा अक्सफोर्ड एष्ट्राजेनेकाको खोप प्रयोगमा प्रतिबन्ध

नेपालब्रिटेन डट कम्
१ चैत्र २०७७, आईतवार १६:५५

लण्डन । यूरोपेली मुलुक आयरल्याण्डले अक्सफोर्ड एष्ट्राजेनेकाको खोप प्रयोगमा प्रतिबन्ध लगाएको छ । नर्वे लगायतका विभिन्न मुलुकमा सो खोपको प्रयोगपछि रगत जम्ने गम्भीर समस्या देखिएको भन्दै खोप प्रयोग बन्द गरेपछि आयरल्याण्डको राष्ट्रिय खोप सल्लाहकार समितिले खोप प्रयोग बन्द गर्न सिफारिस गरेको हो ।

आयरल्याण्डका स्वास्थ्य मन्त्री स्टीफन डोनेलीले सावधानीका लागि पछिल्लो महत्वपूर्ण कदम भएको बताउनुभएको छ ।

गत साता नर्वे र डेनमार्कसहित थाइल्याण्ड बुल्गेरिया लगायतका मुलुकले पनि अक्सफोर्ड एष्ट्राजेनेकाको खोप प्रयोगमा प्रतिबन्ध लगाएका थिए । यद्यपी विश्व स्वास्थ्य संगठनले भने खोपले रगत जमेको भन्नेमा कुनै विश्वासिलो आधार नभेटिएको भन्दै ढुक्क भएर खोप लगाउन आग्रह गरेको थियो ।