April 12, 2021
3:04 PM | 7:49 PM
खेल

आर्सनलद्वारा टोटनह्याम पराजित

  15/03/2021 मा प्रकाशित

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा आर्सनलले टोटनह्याम हट्सपरलाई २–१ ले हराएको छ । गएराति आर्सनलको मैदानमा भएको लण्डन डर्बीमा घरेलु टोलीलाई विजयी गराउन मार्टिन ओडेगार्ड र अलेक्जेण्डर लाकाजेट्ले एक एक गोल गरे ।

टोटनह्यामका एरिक लामेलाले पहिलो गोल गरेका थिए । ७६औं मिनेटमा लामेला रातो कार्ड खाँदै बाहिरिएपछि टोली १० जनामा समेटियो । प्रिमियर लिगकै अर्को खेलमा म्यान्चेस्टर युनाईटेडले वेष्ट ह्याम युनाईटेडलाई १–० ले हरायो ।

वेष्ट ह्यामका क्रेग डसनले एक आत्माघाति गोल गरेपछि टोली पराजित भएको हो । गएराति लेष्टर सिटीले शेफिल्ड युनाईटेडलाई ५–० ले हरायो । लेष्टरका लागि केलेची इहिनाचोले ह्याट्रिक गर्दा अयोजे पेरेजले एक गोल थपे । शेफिल्डका इथन अम्पादुले एक आत्माघाति गोल गरे । गएराति भएको अर्को खेलमा ब्राइटनले साउथह्याम्प्टनमाथि २–१ को जित निकाल्यो ।

प्रतिक्रिया