April 12, 2021
2:17 PM | 7:02 PM
खेल

लिभरपुलद्धारा वुल्भरह्याम्पटन पराजित

  16/03/2021 मा प्रकाशित

लन्डन । इग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले वुल्भरह्याम्पटन वान्डरर्सलाई १–० ले हराएको छ । वुल्भरह्याम्पटनको मैदानमा भएको खेलमा लिभरपुलाई विजयी गराउन डिएगो जोटाले निर्णायक गोल गरे । खेलको क्रममा वुल्भरह्याम्पटनका पोर्चुगीज गोलरक्षक रुइ प्याट्रिसियो गम्भिर घाइते भएका छन् ।

उनको टाउकोमा चोट लागेर वेहास भएपछि स्ट्रेचरमा राखेर मैदान बाहिर निकालिएको थियो । आफ्नै टोलीका कप्तान कोनोर कोडीसँग ठोक्किएपछि प्याट्रिसियो घाइते भएका थिए । उनको स्वास्थ्य अवस्था अहिले सुधारोन्मुख रहेको क्लबका प्रशिक्षकले जनाएका छन् । यो खेलपछि लिभरपुलले प्रिमियर लिगको शिर्ष चारमा फर्कने संभावना जिवित पारेको छ ।

लिगमा २९ खेलबाट ४६ अंक जोडेको लिभरपुल तालिकाको छैटौं स्थानमा रहेको छ । उ चौथो स्थानको चेल्सीभन्दा ५ अंकले पछाडि छ । ३० खेलबाट ७१ अंक जोडेको म्यान्चेस्टर सिटी शिर्ष स्थानमा रहँदा दोस्रो स्थानको म्यान्चेस्टर युनाईटेडको ५७ तथा तेस्रो स्थानको लेष्टर सिटीको ५६ अंक छ ।

प्रतिक्रिया