१३ बैशाख २०८१, बिहीबार
Follow Us

मालपोतका अधिकृतसहित ३ पक्राउ

नेपालब्रिटेन डट कम्
१९ पुष २०७३, मंगलवार १३:५३

काठमाडौं । नक्कली जग्गा धनी बनाई चितवनको भण्डारामा रहेको तीन बिगाह जग्गा बिक्रीमा संलग्न मालपोत कार्यालय ललितपुरका शाखा अधिकृत मिनबहादुर भट्टराई सहित तीनजनाको दलाल गिरोह पक्राउ परेका छन् । दलालसँगको साँठगाँठमा नक्कली जग्गा धनी खडा गरी जग्गापास गरेको आरोपमा प्रहरीको अनुसन्धान व्यूरोले मालपोत कार्यालय ललितपुरका शाखा अधिकृत मिनबहादुर भट्टराईलाई पक्राउ गुरेको हो ।
अभियुक्त भट्टराईले २०६६ सालमा काठमाडौं मालपोत कार्यालयमा कार्यरत रहँदा चितवन भण्डाराका लोकेन्द्रराज पाठकको नाममा रहेको जग्गा किर्ते गरी इटहरीका देवेन्द्र थापा र झापाका नगेन्द्र कार्कीलाई १ लाखमा दिलाएका थिए । हालउक्तजग्गाको चल्ती मूल्य ५० करोड भन्दा माथि पर्ने बताईन्छ ।
झापाका नगेन्द्र कार्कीले जग्गाधनी लोकेन्द्रको भतिजा नातापर्ने जीवनराज पाठकको नाममा किर्ते नागरिकता बनाएर जग्गापास गरेका थिए । यी दुईलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
मालपोत शाखा अधिकृत भट्टराईसँगको मिलेमतोमा नक्कली जग्गाधनी खडा गरी जग्गाहात पार्न सफल भएको प्रहरीको दावी छ ।
जग्गा हात पारेलगत्तै थापा र कार्कीले नेचुरल फ्लाओर एण्ड हर्वल कम्पनीको नाममा ४९ लाखमाजग्गा बेचेको अनुसन्धानबाट खुलेको छ । २०६६ सालमै हर्वल कम्पनीले हिमालयन बैंकमा सोहीजग्गाधितो राखेर ५ करोड ऋण लिएको र २०६९ सालमा हिमालयन बैंकबाट धितो सारेर प्राइम बैंकबाट ८ करोड ऋण लिएको प्रहरीले जनाएको छ । खोटाङ सल्लेका भट्टराई अहिले जिल्ला मालपोत कार्यालय ललिपुरमा कार्यरत छन् ।
यसैबीच सिआईबीले पटक पटक अबैध अन्तर्राष्ट्रिय आगमनकल बाईपास बावु छोरालाई पुनः पक्राउ गरेको छ । सिरहा घर भई ललितपुर बस्ने ६५ वर्षीय राकेश गिरी र उनका छोरा गिरिस रहेका छन् । बावु छोरा ६३ सालयता ४ पटक कलबाईपासको अभियोगमा पक्राउ पर्दै आएका छन् ।
यस्तै कुवेत पठाईदिने भन्दै ओमानमा युवतीको ओसार पसार गर्ने गिरोहका तीनजना पक्राउ परेका छन् । युवतीलाई भारतको नयाँदिल्ली, श्रीलङ्का, दुवई हुँदै ओमान पु-याई शारीरिक तथा मानसिक यातना, यौन हिंसा समेत गर्ने गरेको प्रहरीले दाबि गरेको छ । त्यस्तै युवतीलाई बिहेको प्रलोभन देखाई ठगी गर्ने गिरोहका दुई जनापनि पक्राउ परेका छन् ।