१३ बैशाख २०८१, बिहीबार
Follow Us

नेपाली कांग्रेसले विश्वव्यापी कार्यकर्ता प्रशिक्षण दिने

नेपालब्रिटेन डट कम्
३ चैत्र २०७७, मंगलवार २१:१५

लण्डन । नेपाली कांग्रेसले विश्वव्यापी रुपमा कार्यकर्ताहरुलाई प्रशिक्षण दिने भएको छ ।

नेपाली कांग्रेस अन्तर्रगतको अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको अन्तराष्ट्रिय शाखाको आयोजनामा उक्त प्रशिक्षणको गरिन लागिएको हो ।

शाखाका संयोजक गंगाधर गौतमका अनुसार कांग्रेसले आगामी आइतवार भर्चुअल अन्तराष्ट्रिय कार्यकर्ता प्रशिक्षणको तयारी गरेको हो ।

प्रशिक्षणमा विश्वभरका एक सय भन्दा बढी पार्टी नेता तथा कार्यकर्ता सहभागी हुने भएका छन् । प्रशिक्षणको प्रमुखअतिथी विमलेन्द्र निधी रहने छन् भने नेताहरु प्रदीप गिरी, डा. प्रकाशशरण महत, डा. शेखर कोइराला लगायतका नेताहरुले प्रशिक्षण दिने भएका छन् ।

कार्यक्रममा सामाजिक रुपान्तरण र डायस्पोराको बारेमा डा. महत, नेपाली कांग्रेसको सिद्धान्त र वर्तमान अवस्था बारेमा डा. कोइराला, कांग्रेसको विधान र सांगठनिक संरचनाको बारेमा नेता रमेश लेखकले आआफ्ना विचार राख्ने छन् ।