१५ चैत्र २०८०, बिहीबार
Follow Us

प्रोफेशर सुवेदीको ‘पूर्वीय सभ्यतामा मानव अधिकार’ ग्रन्थ प्रकाशित

नेपालब्रिटेन डट कम्
३ चैत्र २०७७, मंगलवार २१:३२

लन्डन । बेलायतको एक प्रतिष्ठित प्राज्ञिक प्रकाशन गृहले अंग्रेजीमा लेखिएको प्रा. डा. सूर्य प्रसाद सुवेदीको ‘पूर्वीय सभ्यतामा मानव अधिकार’ भन्ने ग्रन्थ प्रकाशन गरेको छ ।

पूर्वीय सभ्यताका मूल्य र मान्यता के हुन्, कसरी इशापूर्वको र औपनिवेशिककाल अघिको पूर्वीय सभ्यताले पाश्चात्य सभ्यतामा प्रभाव पारेको थियो र मानव अधिकारको प्रवर्धनमा पाश्चात्य सभ्यताले कसरी अग्रणी भूमिका निर्बाह गर्न सकेको हो भन्ने विषयमा उक्त ग्रन्थमा प्रकाश पारिएको छ ।

बेलायतको एडवार्ड एलगार भन्ने प्रकाशन गृहले प्रकाशन गरेको उक्त पुस्तकमा प्रा सुवेदीले मानवअधिकारको प्रवर्धनमा आफ्नो अनुभवबारे पनि विवेचना गरेका छन् ।

पूर्वीय सभ्यताको पुनरुत्थान र पुनर्जागरणले पाश्चात्य सभ्यताको देन मानिएको मानव अधिकारको विश्वब्यापी अवधारणालाई कस्तो असर पर्नेछ भन्ने विषय पनि उक्त पुस्तकमा समावेश छ ।
Click Here for Book
Buy Book From amazon