२६ बैशाख २०८१, बुधबार
Follow Us

नोकियामा १० हजारको जागिर गयो

नेपालब्रिटेन डट कम्
४ चैत्र २०७७, बुधबार १२:३८

एजेन्सी। टेलिकम कम्पनी नोकियाले दुई वर्षभित्रमा ५ देखि १० हजार भन्दा बढी कर्मचारी कटौती गर्ने भएको छ । विश्वभर नोकियाका ९० हजार बढी कर्मचारी छन् । सन् २०१६ मा टेलिकम उपकरण निर्माता एल्काटेल–लुसेन्टले नोकियाको स्वामित्व खरीद गरे यता कम्पनीले हजारौंको रोजगारी कटौती गरिँदै आएको छ ।

नोकियाले फाइभ–जी नेटवर्कका लागि पछिल्लो दिनमा एरिक्सन, हुवावेसँग प्रतिस्पर्धा गरिरहेको छ । त्यसैले पनि कम्पनीले लागतको दबाब कमगर्न कर्मचारी कटौती गर्ने उल्लेख गरेको हो । नोकियाले गत वर्ष फ्रान्समा मात्रै एक हजार कर्मचारी कटौती गरेको थियो ।

नोकियाका प्रमुख कार्यकारी पेक्का लुन्डमार्कले कम्पनीको पछिल्लो निर्णयबाट हजारौँ कर्मचारीलाई असर पर्ने भएपछि उनीहरुलाइ पर्ने असरको उचित सम्बोधन गरिने आश्वासन दिनुभएको छ ।