१४ बैशाख २०८१, शुक्रबार
Follow Us

कन्याले वाचन गरेको भागवत सम्पन्न

नेपालब्रिटेन डट कम्
१९ पुष २०७३, मंगलवार १४:१८

चितवन । नारायणगढको पोखरा बस पार्क स्थित गौरेश्वर शिवमन्दिरमा गत पौष ११ गते देखि सुरु भएको श्रीमद्देबी भागवत नवाह एवं शक्तिसाधना महानुष्ठानमा मंगलबार विशेषका बीच समापन भएको छ । समापन कार्यक्रमका प्रमुख अतिथि चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले सरकारले गर्न नसकेको कन्या गुरुकुल संचालन गरेर प्रतिष्ठानले नेपालकै अनुकरणीय कार्य गरेको बताउनुभयो । उहांले गुरुकुलको भौतिक निर्माणको साथै अन्य आवश्यक सहयोग गर्ने समेत बताउनुभयो । सो अवसरमा हाल देवघाटमा रहेको रामजानकी बालिका आश्रम अर्को व्यवस्था नभएसम्म सोही भवन र जग्गामा अन्य भवनहरु निर्माण गर्नका लागि भगवती उपाध्यायले हकभोग गरि आउनु भएको निजि आश्रम संचालनका लागि पुनः अनुमति दिनुभएको छ । आश्रमको प्रमुख संरक्षक समेत रहनु भएकी भगवती उपाध्यायले महाअनुष्ठानको समापनको क्रममा महाअनुष्ठानका मुल समितिका संयोजक शान्त प्रसाद पोखरेल, देवघाट क्षेत्रविकास समितिका निवर्तमान अध्यक्ष शैलेन्द्र कुमार पिया र भरतपुर उपमहानगरपालिका १ का वडा सचिव बालकृष्ण थपलियाको संयुक्त हस्ताक्षरमा सो आश्रम संचालनका लागि अनुमति दिनुभएको हो । महाअनुष्ठानको अन्तिम दिन विभिन्न दाताहरुले सहयोग गर्नुभएको छ । चितवन उद्योग संघका वरिष्ठ उपाध्यक्ष भेषराज दुवाडीले एक लाख एक हजार एक रुपैंया सहयोग गर्नुभएको छ । यसैगरि, समाजसेवी प्रेम कुमार श्रेष्ठले एक सय पांच बोरा सिमेन्ट, स्वर्गीय आमा अम्बिका पोखरेलको स्मृतिमा मुल समितिका संयोजक शान्त प्रसाद पोखरेल, रेखा पोखरेल, अशोक पोखरेल र बिना पोखरेलले ५१ हजार एक सय पांच रुपैयां, आर्थिक संयोजक अर्जुन श्रेष्ठले ३७ हजार एक सय एघार रुपैयां सहयोग गर्नुभएको छ । महाअनुष्ठानको नवौं दिन २ लाख ४५ हजार ५ सय ६१ रुपैयां संकलन भएको महाअनुष्ठानका संरक्षक प्रकाण्ड पियाले जानकारी दिनुभयो । समापन कार्यक्रममा शसस्त्र प्रहरी बल आंपटारीका प्रमुख श्याम कोईराला, महेश सन्यास आश्रमका प्राचार्य डाक्टर गुरुप्रसाद सुवेदी, लगायतको उपस्थिति रहेको थियो । ३० फीट अग्लो अष्टधातु शिवको मुति निमार्ण गर्न महाअनुष्ठानमा अष्टधातु धेरै संकलन भएको मुल समितीका राजेन्द्र पियाले जानकारी दिनुभयो । हाल आश्रममा विभिन्न जिल्लाका आमा बाबु र आफन्त विहीन २४ जना बालिकाहरु आश्रित रहेको, उनीहरुको शिक्षा र भौतिक निमार्णका लागि महाअनुष्ठान आयोजना गरिएको लोकसेवा कल्याण प्रतिष्ठानका महासचिव रामेश्वर खनालले जानकारी दिनुभयो । श्रीराम जानकी बालिका आश्रम कै देवी उमामहेश्वरी स्मृति टण्नडनको मुखारबिन्दबाट कथा बाचन भएको हो ।(