८ बैशाख २०८१, शनिबार
Follow Us

चीनमा उइगूर समुदायका बालबालिकालाई जबरजस्ती अनाथ आश्रममा राखियो

नेपालब्रिटेन डट कम्
६ चैत्र २०७७, शुक्रबार १९:४१

लन्डन। मानव अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय संस्था एम्नेष्टी इन्टरनेशनलले चीनका अपसंख्यक उइगूर मुसलमान समुदायका बालबालिकाहरुलाई जबरजस्ती अनाथ आश्रममा राखेको आरोप लगाएको छ । ती बालबालिकालाई अभिभावकबाट छुटाएर जबरजस्ती अनाथ आश्रममा राखिएको एम्नेष्टीको आरोप लगाएको हो ।

एम्नेष्टीले उइगूर समुदायका त्यस्ता अभिभावकहरुसँग कुरा जनाएको छ, जसले आफ्ना बच्चाहरुलाई आफ्ना आफन्त कहाँ रेखदेखका लागि. छोडेका थिए । उनीहरुले आफूलाई चीन छोड्न बाध्य गराइएपछि आफ्ना सन्तान छोडेर भाग्नुपरेको बताएका छन् । चीनले एक मिलियन भन्दा बढी उइगूर मुसलमानलाई पक्राउ गरेको मानव अधिकारकर्मीले दाबी गरेका छन् । चिनियाँ सरकारमाथि उइगूर समुदाय र अन्य मुस्लिम अल्पसंख्यकहरू विरूद्ध शोषण गरेको जबरजस्ती बन्ध्याकरण गर्न बाध्य गराएको, यौन दुव्र्यवहार र बलात्कार लगायतका मानवअधिकार उल्लंघनका गतिविधि गरेका आरोप लगाइएको छ ।

यद्यपी चीन सरकारले भने ती सबै आरोपको खण्डन गर्दै आएको छ । उइगूर समुदायहरुलाई निश्चित स्वार्थका लागि आतंकबाद प्रेरित गतिविधिमा प्रयोग गरिएको हुनसक्ने भन्दै चीनको सुरक्षाको चुनौती बारम्बार तेस्याउँदै आएको छ । तर अमेरिका, क्यानडा नेदरल्याण्ड बेलायत लगायतका राष्ट्रले चीनमाथि उइगूर समुदाय लक्षित नरसंहारको योजना बनाएको भन्दै बहसको विषय बनाउँदै आएका छन् ।