१३ बैशाख २०८१, बिहीबार
Follow Us

विराटनगर जुट मिल पुनः सञ्चालनमा ल्याइने

नेपालब्रिटेन डट कम्
२० पुष २०७३, बुधबार ०६:२६

काठमाडौं । पछिल्लो पटक बन्द भएको चार महिनापछि सरकारी स्वामित्वको विराटनगर जुट मिल पुनः सञ्चालनमा आउने भएको छ । पटक–पटक बन्द हुँदै आएको जुटमिल बैशाखबाट सञ्चालनमा ल्याउन लागिएको हो । औद्योगिक इतिहासको धरोहर विराटनगर जुट मिल चलाउन सरकारले चासो दिएपछि मुख्य समस्याको रुपमा रहेको ३३ केभिए बिद्युत लाइन जडान गर्ने काम सुरु गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको आग्रहमा उर्जा मन्त्रालयले बिद्युत प्राधिकरण बोर्डलाई बिद्युत जडान गर्न निर्देशन दिएपछि प्राधिकरणले जडानको काम सुरु गरेको हो । व्यवस्थापनले बैशाखबाट जुट मिल सञ्चालन गर्न भन्दै सरकारसँग ३० करोड रुपैयाँ मागेको छ । बन्द र जीर्ण भएका कारण मेसिनको मर्मत सम्भार तथा भौतिक पूर्वाधारको काम गर्न सरकारसँग सहयोग मागिएको हो ।