१५ चैत्र २०८०, बिहीबार
Follow Us

राष्ट्रिय आबिस्कार केन्द्रसँग एनआरएनएको सहकार्य

नेपालब्रिटेन डट कम्
६ चैत्र २०७७, शुक्रबार २२:३३

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए ) ले रास्ट्रिय आबिस्कार केन्द्रसँग सहकार्य गर्ने भएको छ । डा. महाबिर पुन संग एनआरएनहरुले मार्च २० तारिख शनिबार नेपाली समय ६ बजे भलाकुसारी गर्ने भएको छ । अहिले सम्मका गरिएका आविस्कार र उक्त आबिस्कारले राष्ट्र निर्माणमा गरेको सहयोगका बारेमा छलफल गर्ने संघले जनाएको छ ।

‘मेक इन नेपाल’ नाम दिइएको यो कार्यक्रममा एनआरएनए संस्थापक अध्यक्ष डा.उपेन्द्र महतो, प्रमुख संरक्षक एबं पूर्व अध्यक्षहरु शेष घले, देवमान हिराचन, जीवा लामिछाने, भवन भट्ट , बर्तमान अध्यक्ष कुमार पन्तको विशेष सहभागीता हुने छ ।

एनआरएनए अध्यक्ष कुमार पन्तले यो कार्यक्रम शुरुवात मात्र भएको र आगामी दिनमा निरन्तर केन्द्रसँग सहकार्य हुने बताउनुभयो । एनआरएनए उपाध्यक्ष सोनाम लामा नेपालको भविष्य यहि अविस्कार केन्द्रमा भएको बताउनुहुन्छ ।

कार्यक्रम संयोजक तथा एनआरएनए एसिया प्यासिफिक उप-संयोजक पारस मणी पोखरेल संसारभरिका एनआरएनहरु जोडिने यो कार्यक्रमले आबिस्कार केन्द्रलाई एउटा उर्जा दिने बताउनुहुन्छ । उहाँका अनुसार सो दिन डा.महाबिर पुनले रास्ट्रिय अविस्कार केन्द्रको भर्चुअल टुर गराउनुहुनेछ ।