८ बैशाख २०८१, शनिबार
Follow Us

उपत्यका बन्दको न्यून प्रभाव

नेपालब्रिटेन डट कम्
२० पुष २०७३, बुधबार ०६:२८

काठमाडौं । काठमाडौं उपत्यकामा भइरहेको सडक विस्तारका कारण मारमा परेको भन्दै सडक विस्तारपीडित संघर्ष समितिले आहृवान गरेको उपत्यका बन्दको सामान्य प्रभाव परेको छ । मुआब्जा र पुनस्र्थापनाको व्यवस्था नगरी स्थानीयको घर भत्काएर सडक विस्तार गरेको भन्दै विभिन्न २२ ठाउँका स्थानीयले सडक विस्तारपीडित संघर्ष समिति गठन गरी आन्दोलन थालेका हुन् । घोषित बन्दका कारण हाल व्यक्तिको घर भत्काएर सडक विस्तार भइरहेका कलंकी–थानकोट, चावहील–साँखु, चोभार–फर्पिङ, सीतापाइला–रामकोट, हरिसिद्धिलगायत रुटमा सार्वजनिक सवारी साधन कम चलेका छन् । टेम्पो, ठूला बस, निजी कार तथा मोटरसाइकलमा भने बन्दको खासै प्रभाव देखिएको छैन । सार्वजनिक सवारी साधन नचल्दा सर्वसाधारणको दैनिकी प्रभावित भएको छ । पसल पनि अरु दिनको तुलनामा कम खुलेका छन् । उपत्यकाका सडकमा बिहानैदेखि प्रहरीको बाक्लो उपस्थिति छ । सरकारले उपत्यकामा गरिरहेको सडक विस्तारको बहानामा घर र जग्गामा ठूलो क्षति पु¥याएर आफूहरुलाई सुकुम्बासी बनाएको पीडितको आरोप छ । बन्दको मोहन वैद्य किरण नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी निकट नेवाः राष्ट्रिय मुक्ति मोर्चाले समेत समर्थन गरेको छ ।
यसैबीच जवरजस्ती बन्द गराउँदै हिड्ेका काठमाडौंबाट २३ र ललितपुरबाट ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।