८ बैशाख २०८१, शनिबार
Follow Us

राष्ट्रिय आविष्कार केन्दलाई एनआरएनएले उठायो २५ लाख

नेपालब्रिटेन डट कम्
७ चैत्र २०७७, शनिबार २०:३९

लण्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) ले राष्ट्रिय आविष्कार केन्द्रको लागि २५ लाख रुपैयाँ सहयोग संकलन गरेको छ ।

केन्द्रका प्रम्ख डा महाबिर पुनसंग शनिवार भएको अन्तरक्रियामा सहभागीहरुले सो केन्द्रलाई २५ लाख रुपैयाँ दिने प्रतिबद्धता जनाएको एनआरएनए एशिया प्यासीफिक क्षेत्रीय उपसंयोजक पारममणी पोखरेलले जानकारी दिए ।

‘मेक इन नेपाल’ नाम दिइएको यो कार्यक्रममा एनआरएनए संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, पूर्वअध्यक्षहरु जीवा लामिछाने, भवन भट्ट, बर्तमान अध्यक्ष कुमार पन्त, उपाध्यक्ष सोनाम लामा, कुल आचार्य लगायतको सहभागीता थियो ।

कार्यक्रममा डा महाबिर पुनले रास्ट्रिय अविष्कार केन्द्रको भर्चुअल टुर गराएका थिए ।