April 12, 2021
1:57 PM | 6:42 PM
खेल

सिटी र ह्याम्पटन एफए कपको सेमिफाइनलमा

  21/03/2021 मा प्रकाशित

लन्डन । म्यान्चेस्टर सिटी र साउथह्याम्पटन एफ.ए कप फुटबल प्रतियोगीताको सेमिफाइनलमा प्रवेश गरेका छन् । गएराति भएको क्वाटरफाइनल खेलमा एभर्टनलाई २–० ले हराउँदै म्यान्चेस्टर सिटी सेमिफाइनलमा पुगेको हो । खेलमा म्यान सिटीलाई विजयी गराउन इके गुन्डोगान र केभिन डे ब्रायनले एक एक गोल गरे ।

एफए कपकै अर्को खेलमा बर्नमाउथलाई ३–० ले हराउँदै साउथह्याम्पटन पनि सेमिफाइनलमा पुगेको छ । साउथह्याम्पटनको जितमा नाथन रेडमन्डले दुई गोल गर्दा मौसा देनेपोले एक गोल थपे । एफए कप फुटबलअन्तर्गत क्वाटरफाईनलका बाँकी दुई खेल आज राती हुनेछन् । आज चेल्सीले शेफिल्ड युनाईटेडसँग खेल्दा लेष्टर सिटी र म्यान्चेस्टर युनाईटेड भिड्नेछन् ।

प्रतिक्रिया