१२ बैशाख २०८१, बुधबार
Follow Us

पाकिस्तानमा बलात्कार घटनामा दोषी ठहर भएका दुई जनालाई मृत्युदण्ड

नेपालब्रिटेन डट कम्
८ चैत्र २०७७, आईतवार १९:०९

लन्डन । पाकिस्तानको एक अदालतले बलात्कार घटनामा दोषी ठहर भएका दुई जनालाई मृत्युदण्डको सजाय सुनाएको छ । लाहोरको पूर्वी शहरस्थित एक अदालतले आबिद मल्ही र शफकत अली बग्गालाई मृत्युदण्डको सजाय सुनाएको हो ।

उनीहरुले रातको समयमा पेट्रोलको खोजीमा हिँडे फ्रान्सेली मुलकी एक महिलालाई उनका दुई सन्तानकै अगाडी सामुहिक बलात्कार गरेका थिए । अदालतले ती दुई पुरुषलाई सामुहिक बलात्कार, अपहरण डकैती र आतंकवाद लगायतका मुद्दामा समेत दोषी ठहर गरेको छ ।

गत वर्षको सेप्टेम्बरमा भएको सो घटनाकी पीडितको न्यायको पक्षमा पाकिस्तान भर चर्को विरो प्रदर्शन भएको थियो । त्यस पछि नै पाकिस्तानमा बलात्कार सम्बन्धि नयाँ कानून समेत पारित गरिएको थियो ।