११ बैशाख २०८१, मंगलवार
Follow Us

उपप्रधानमन्त्री ईश्वर पोखरेलद्वारा विदेशमा रहेका कार्यकर्तालाई सम्बोधन

नेपालब्रिटेन डट कम्
८ चैत्र २०७७, आईतवार २२:०७

लण्डन । एमाले महासचिव ईश्वर पोखरेलले विश्वभर फैलिरहेका पार्टी सम्वद्ध प्रवासी नेपाली मञ्चको भेलालाई सम्वोधन गर्नुभएको छ । वद्लिंदो विकसित राजनीतिक घट्नाक्रमको सन्दर्भमा प्रवासमा रहेका अगुवा नेता÷कार्यकर्ताहरुलाई जानकारी दिन आयोजित भेलालाई सम्वोधन गर्दै उहाँले वाधा अड्चनलाई पन्छाउदैं उत्साहका साथ पार्टी कामलाई व्यवस्थित गर्न निर्देशन दिनुभयो ।

विगतमा अनेकनवाधा, अड्चन र चुनौती परास्तगर्दै नेपालको कम्युनिष्ट आन्दोलन यहाँ सम्मआइपुगेको सन्दर्भ उल्लेख गर्दै महासचिव पोखरेलले आउने दिनमा पनि चुनौतीहरुलाई परास्त गर्दै अगाडि जाने कुरामा विश्वस्त र उत्साहका साथ अघि बढ्न विश्वभर फैलिएका प्रवास सम्वद्ध पंक्तीलाई आव्हान गर्नुभयो ।

‘हामी सजिलै यहाँसम्म आइपुगेका होइनौं, कम्युनिष्ट आन्दोलनभित्र अनेकन घात/प्रतिघात, टुटफुटको श्रृंखला व्यहोर्दै आएकाहौं, ति सवैबाट शिक्षा लिएका पनि छौं,’ उपप्रधानमन्त्रीसमेत रनुभएका एमाले महासचिव पोखरेलले भन्नुभयो, ‘बदलिएको सन्दर्भमा अवतपाईहरु सवै उत्साहका साथविगतका तितामिठा सन्दर्भहरुलाई विर्सेर सवैलाई समेट्दै अगाडि बढ्नुपर्छ ।’उहाँले भेलामा पार्टीका पछिल्ला निर्णयबारे अवगत समेत गराउँदैं विगतको कतिपय सन्दर्भलाई विर्सेर ठूलो छाति बनाएर संगठित र एकतावद्ध गर्ने अभियानमा लाग्न प्रवास सम्वद्ध सवैलाई आव्हान गर्नुभयो ।

‘तपाईहरु सवैले प्रभावमा पनि तिक्ततालाई विर्सेर पार्टीलाई एकतावद्ध बनाउने कुरामा लाग्नुपर्छ,’ उहाँले भन्नुभयो । उहाँले प्रवासी नेपालीहरुको विज्ञता र उनीहरुले कमाएको सम्पत्तीलाई देश विकासमा कसरी प्रयोग गर्ने सकिन्छ भन्ने सन्दर्भमा योजना लिएर आउन आग्रह गर्दै सरकार आवश्यक सवै सहयोग गर्न तत्पर रहेको बताउनुभयो । भेलामा विभिन्न देशका २ सय ६६ जना प्रवासी नेपाली मञ्चका अगुवा नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । प्रवासी नेपाली मञ्च अमेरिकाका अध्यक्ष प्रभु थापाको अध्यक्षता सम्पन्न भएको भेलामा प्रवासी नेपाली मञ्च बेलायतका अध्यक्ष भक्त गुरुङले सञ्चालन गर्नुभएको थियो ।