१३ बैशाख २०८१, बिहीबार
Follow Us

गिरी स्पेनका लागि पर्यटन दूत नियुक्त

नेपालब्रिटेन डट कम्
२० पुष २०७३, बुधबार ०९:२५

लन्डन । नेपाल पर्यटन बोर्डले स्पेनमा नेपाली पर्यटनको विकाश एवम प्रवद्र्धनका लागि पर्यटन दूत नियुक्त गरेको छ । बोर्डद्धारा सोमवार जारी पत्र अनुसार गैरआवासीय नेपाली संघ स्पेनका पूर्वअध्यक्ष तथा व्यवसायी एकराज गिरीलाई आगामी २ बर्षका लागि पर्यटन दूत नियूक्त गरेको हो ।
‘पर्यटन बोर्डको जनसम्पर्क प्रतिनिधिका रूपमा स्पेनमा नेपाली पर्यटनको विकास र विस्तार गर्न दूतको महत्वपूर्ण भुमिका हुने छ ।
बाग्लुङको पैयुँपाटामा जन्मिएका गिरी विगत १२ बर्ष देखी स्पेनमा बिभिन्न सामाजिक कार्यमा समेत संलग्न छन् ।
गिरीले कुनै पद नलिएर पनि देशका लागि सक्दो सहयोग गर्दै आएको स्मरण गर्दै पर्यटन बोर्डले दिएको जिम्मेवारीले थप हौसला मिलेको बताए । उनले स्पेनमा बसेर नेपालको पर्यटनको प्रर्वधनको लागि सकृय रहेर काम गर्ने प्रतिबद्धता जनाए ।