७ बैशाख २०८१, शुक्रबार
Follow Us

मुम्बईमा नेपाली युवाले बस दुर्घटनामा ज्यान गुमाए

नेपालब्रिटेन डट कम्
९ चैत्र २०७७, सोमबार २१:०२

नयाँ दिल्ली। अछाम जिल्ला रामारोशन गाउँपालिका-५ अलेडी निवासी हाल भारत मुम्बईको मलाड अपार्टमेन्टमा गार्डको काम गर्दै आएका अमर लोहारले बस दुर्घटनामा ज्यान गुमाएका छन्।

१९ मार्च शुक्रबार, बिहान १० बजे भारतको मुम्बई शहर मलाड़मा ३० वर्षीय नेपाली युवाको बस दुर्घटनामा परी ठा मृत्यु भएको हाे। प्रत्यक्षदर्शीले जानकारी दिए अनुसार ज्यान गुमाउने नेपाली युवाको टाउकोलाइ बसको पछिल्लो टायरले किचेकाे थियाे।

१९ मार्च को बिहान करिब १०:३० बजे महाराष्ट्र सरकार अन्तरगत संचालित एम एच ०१ डी आर १६३९ न बसले साइकिल सवार अमरलाइ यु टर्न क्रस गर्दा बसको अगाडिको भागले टक्कर दिएकाे थियाे। पुलिसले बस चालक र कन्डक्टरलाइ आफ्नो नियन्त्रणमा लिसकेको छ।

भारतको कानुन अनुसार अस्पतालबाट लास बुज्नका लागि घरकै व्यक्ति हुनु पर्ने अथवा मृत्यु भएको व्यक्तिको उपनाम मिल्ने गरि दस्तावेज हुने पर्ने भएकोले अहिले सम्म अमर लोहारको शव अस्पतालको शवगृह रहेको स्थानीयले जानकारी दिए।

घटनाको जानकारी पाउन साथ प्रवासी नेपाली जनसमाज भारत मध्य मुम्बई नगर कमिटिका अध्यक्ष कविराज विश्वकर्मा सहित टोलीले मृतक अमर लोहरको क्षति पूर्ति र उनको शव व्यस्थापन गर्नको लागि नेपाली दुताबास र रामारोशन गाउँपालिका – ५ अलेडी जनप्रतिनिधिको सम्पर्कमा रहेको जानकारी डिसी नेपाल मिडियालाइ जानकारी दिए।