१४ बैशाख २०८१, शुक्रबार
Follow Us

कांग्रेस अन्तर्राष्ट्रिय प्रशिक्षण: चुनावको लागि तयारी गर्न आग्रह

नेपालब्रिटेन डट कम्
९ चैत्र २०७७, सोमबार २१:५०

लन्डन। नेपाली कांग्रेसको एक दिवशीय अन्तर्राष्ट्रिय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेपाली कांग्रेस केन्द्रीय नीति तथा अनुसन्धान प्रशिक्षण प्रतिष्ठान (अन्तर्राष्ट्रिय शाखा) को आयोजनामा भएको प्रशिक्षण कार्यक्रमको कांग्रेस नेताहरु बिमलेन्द्र निधी, डा. प्रकाश शरण महत, नेता प्रदीप गिरी र रमेश लेखकले प्रशिक्षण दिएका थिए ।

कार्यक्रमका प्रमुख अथिति रहेका नेपाली कांग्रेसका उप–सभापति विमलेन्द्र निधीले पुनस्र्थापना पछि पनि नेपालको संसद निरर्थक अवस्थामा रहेका बताएका छन् । नेपाली कांग्रेस केन्द्रिय नीति तथा अनुसन्धान प्रशिक्षण प्रतिष्ठानका प्रमुख समेत रहेका नेता निधीले प्रतिनिधि सभा पुनस्र्थापना भएपछि गर्नु पर्ने धेरै कामहरु हुन नसकेको बताउदै प्रतिनिधि सभामा दलीय गतिविधि आवश्यक रहेको बताए । उनले भने “संसदमा दलिय गतिविधि भएन भने संसद निरर्थक बन्छ, संसदीय प्रणालीमा दलीय क्रियाकलापको महत्वपूर्ण निर्णयक भूमिका रहेको हुन्छ,”। कार्यक्रमलाई सम्बोधन गर्दै नेता निधिले पछिल्लो समय नेपालमा पूनस्थापना भएको प्रतिनिधिसभामा राजनीतिक दलहरुको सक्रियता कमजोर भएको बताउदै संसदमा दालीय गतिविधि सक्रिय रहेमा मात्र नेपालमा आगामी २ वर्ष संसद चल्न सक्ने बताए ।

अर्काे प्रसंगमा नेता निधीले संसदीय प्रणालीको विश्वव्यापी मान्यता अनुसार प्रधानमन्त्रीले सिफारिस गरेको संसद विघटनको विषयमा सर्वाेच्च अदालतले संसद पूनस्थापना गरेको खण्डमा प्रधानमन्त्रीले राजिनामा दिनु पर्ने भएता पनि केपी ओलीले राजिनामा नदिएको, अझ संसदमा उपस्थीत भएर संसद विघटन गर्नुको कारण समेत स्पष्ट रुपमा बताउन नसकेको बताए ।

नेता निधीले आगामी २ वर्ष पछिको निर्वाचनको तयारीका लागि अहिले देखीनै लाग्न नेता कार्यकर्ताहरुलाई निर्देशन दिँदै वर्तमान सरकार नेपालको आर्थिक समृद्धिको बाटोमा पूर्ण रुपमा असफल भइसकेको आरोप लगाए ।

त्यस्तै कार्यक्रमका विशेष अथिति रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदिप गिरिले पार्टीलाई लोकतान्त्रिक वनाउनका लागि सबै भन्दा महत्वपूर्ण इकाई स्थानीय इकाई रहेको बताए । प्रशिक्षण कार्यक्रमका प्रशिक्षक समेत रहेका नेता गिरिले पार्टीको स्थानीय इकाई बलियो भयो भने मात्र पार्टी बलियो हुने धारणा राख्दै पार्टीको स्थानीय इकाई सशक्त बनाउनु पर्नेमा जोड दिए । साथै उनले कांग्रेस निर्वाचनमा पराजित हुनुका कारण वडा स्तरका समस्या भएको बताए ।

कार्यक्रमा अर्का वक्ता नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री रमेश लेखकले नेपाली कांग्रेसको विधान र सांगठनिक संरचनाको वारेमा प्रशिक्षण दिएका थिए । उनले नेपालको संविधानसँग कांग्रेसलाई संविधानले गरेको व्यवस्था अनुरुप व्यवस्थीत गर्नका लागि कांग्रेसको विधान संशोधन गरिएको बताए । उनले पार्टीमा ८ वटा कार्यसमितिको व्यवस्था गरिएको बताउदै पार्टीले सदस्यता वितरणलाई दैनिक कार्यको रुपमा संसोधित विधानमा राखेको बताए ।

त्यस्तै कार्यक्रममा कांग्रेसका सहमहामन्त्री प्रकाश शरण महतले कांग्रसको राजनीतिक, रुपान्तरणमा डायस्पोरा र कांग्रेसको धारणाको बारेमा प्रकाश पारेका थिए ।

नेपाली कांग्रेस नीति तथा अनुसन्धान प्रशिक्षण प्रतिष्ठानका अन्तर्राष्ट्रिय संयोजक गंगाधर गौतमको सभापतित्वमा सम्पन्न कार्यक्रमका सहभागिहरुलाई प्रतिष्ठान क्यानडा शाखा प्रमुख डा. जितेन्द्र उपाध्यायले स्वागत गर्नु भएको थियो । जूम मार्फत विभिन्न विषयहरुमा प्रशिक्षण दिन आयोजना गरिएको कार्यक्रममा पार्टी महासमिति सदस्य विश्व आदर्श पण्डित, जन सम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्ट, सदस्य दिल गुरुङ, प्रतिष्ठानका निर्देशक खिलानाथ दाहाल लगायतले आ–आफ्नो मन्तव्य राखेका थिए । कार्यक्रममा नेपाली कांग्रेसमा आवद्ध रहेर प्रवासमा रहेका अगुवा कार्यकर्ताहरुको सहभागिता रहेको थिया । कार्यक्रमको संचालन कोपीला सुब्बा र जितेन्द्र मेहेताले गरेका थिए।