१६ चैत्र २०८०, शुक्रबार
Follow Us

एनआरएनए कानून संशोधनमा सुझाव माग (मस्यौदा सहित)

नेपालब्रिटेन डट कम्
१० चैत्र २०७७, मंगलवार १५:५१

लण्डन । गैरआवासीय नेपाली संघले एनआरएनए सम्बन्धी कानून संशोधनको लागि सुझाव माग गरेको छ ।

गैरआवासीय नेपाली संघका महासचिव डा. हेम राज शर्माका अनुसार नेपाल कानून आयोगले गैरआवासीय नेपाली सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा तयारी पारी सुझावको लागि परराष्ट्र मन्त्रालयमा पठाइएको छ ।

सो विधेयक आयोगको वेभसाईटमा सार्वजनिक पनि गरिएको संघले जनाएको छ ।

विधेयकबाट गैरआवासीय नेपालीहरुको अधिकार र सम्पत्ती सुरक्षा लगायतका महत्वपूर्ण मुद्धाहरु सम्बोधन हुने अपेक्षा गरिएको छ ।