१३ बैशाख २०८१, बिहीबार
Follow Us

नेपाल पत्रकार महासंघ यूरोप शाखाको निर्वाचन शुक्रवार

नेपालब्रिटेन डट कम्
१० चैत्र २०७७, मंगलवार १९:३६

लण्डन । नेपाल पत्रकार महासंघ यूरोप शाखाको निर्वाचन शुक्रवार हुने भएको छ । नेपाल पत्रकार महासंघको केन्द्रिय प्रतिनिधी, कार्यसमिति र निर्वाचन समितिको मंगलवार बसेको बैठकले शाखाको निर्वाचन शुक्रवार गर्ने निर्णय गरेको शाखाका कार्यवाहक महासचिव द्रोण रिजालले जानकारी दिए । बैठकमा केन्द्रिय प्रतिनिधी चिरन शर्मा, कार्यसमितिका अधिकांस पदाधिकारी, निर्वाचन समितिका संयोजक राजेन्द्र चाम्लिङ्ग,सदस्य सचिब डा उदयदेव अचार्या र सदस्य किशोर शुब्बा निर्वाचन समितिको उपस्थिती रहेको थियो ।

अध्यक्ष केजी राईको अध्यक्षतामा बसेको बैठकले शाखाको निर्वाचन सर्वसम्मतबाट चयन गर्ने निर्णय गरेको छ । बैठकले शाखाका सर्वसम्मत कायम गरि निर्वाचन गर्न एक अधिकार सम्पन्न कार्यदल समेत गठन गरेको छ । बैठकले शाखाका सदस्यहरुको अन्तिम नामावली समेत टुंग्गो लगाएको छ ।

कार्यदलमा केन्द्रिय उपाध्यक्ष दीलिप थापा मगर, केन्द्रिय प्रतिनिधी चिरन शर्मा र प्रमुख आयुक्त राजेश चाम्लिङ्ग रहेका छन् । यसअघि फेब्रुवरी २० तारिखका दिन शाखाको चौथो महाअधिवेशन सूचना तथा संचार मन्त्री पर्वत गुरुङ्गले उद्धघाटन गरेका थिए ।