६ बैशाख २०८१, बिहीबार
Follow Us

सीतादेवी ढकाल अन्तर्राष्ट्रिय अनलाइन पत्रकारिता पुरस्कारका लागि आवेदन माग

नेपालब्रिटेन डट कम्
२० पुष २०७३, बुधबार ११:४७

विश्वभरि छरिएका नेपालीलाई एउटै मालामा गास्न सफल अनलाइन मिडियाको उत्थानका लागि समाजसेवी सीतादेवी ढकालको स्मृतिमा सीतादेवी ढकाल अन्तर्राष्ट्रिय अनलाइन पत्रकारिता पुरस्कार २०१४ को स्थापना गरिएको छ । नेपालको कान्छो पत्रकारिता विधा भनेर चिनिने अनलाइन पत्रकारिताको विकासका लागि यो पुरस्कारले टेवा पु-याउने विश्वास गरिएको छ । नेपालीको आवाज विश्वभरका नेपालीमाझ पु-याउने नेपाली अनलाइन पत्रकारिता जगतलाई अझ सशक्त बनाउँदै पत्रकारको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले यो पुरस्कारको स्थापना गरिएको हो । देहाय बमोजिमको योग्यता भएका विश्वको जुनसुकै कुनामा रहेर अनलाइन पत्रकारिता गरिहेका नेपाली पत्रकारहरुबाट आवेदन माग गरिएको छ ।

पत्रकारितामा विषयमा न्यूनतम प्रमाणपत्र तह उत्तीर्ण गरी मूलधारको अनलाइन पत्रकारितामा पूर्णकालीन रुपमा लगातार ३ बर्ष काम गरेको अनुभव भएको पत्रकारले ३० जनवरी २०१७ भित्र आफ्नो व्यक्तिगत विवरणसहित आफूले लेखेको समाचारको इलेक्ट्रोनिक फाइल पठाउन आग्रह गरिन्छ । समयसीमाभित्र प्राप्त आवेदनमाथि पुरस्कार छनोट समितिले छानबीन गरी पुरस्कृतको नाम घोषणा गर्नेछ । पुरस्कृत उम्मेद्वारलाई आगामी अक्टोबर महिनाभित्र एक कार्यक्रमका बीच नगद ५०१ अमेरिकी डलर र प्रमाणपत्रले सम्मान गरिने छ ।

E-mail: [email protected]
Address: 70 Braund Avenue, GreenFord, London, UB6 9JL
सीतादेवी ढकाल अन्तर्राष्ट्रिय अनलाइन पत्रकारिता पुरस्कार छनोट समिति, लन्डन