१३ बैशाख २०८१, बिहीबार
Follow Us

आफ्नै परिवारका दश जनाको हत्यापछि आत्महत्या

नेपालब्रिटेन डट कम्
२० पुष २०७३, बुधबार १२:५४

भारत । भारतको उत्तर प्रदेशस्थित अमेथी जिल्लामा आफ्नै परिवारका १२ जनालाई विषादी सेवन गराई लठ्याएपछि धारिलो हतियार प्रयोग गरी १० जनालाई हत्या गरी आपूले पनि आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
महनोशा क्षेत्रमा भएको उत्तर घटनाको प्रहरीले अनुसन्धान सुरु गरेको छ । प्रारम्भिक प्रहरी अनुसन्धानबाट ४५ वर्षीय जमालुले पहिले परिवारका सम्पूर्ण सदस्यलाई विषादी खुवाई धारिलो हतियारको सहायता हत्या गरको प्रहरी उपरीक्षक सन्तोषकुमार सिंहले बताउनुभयो । परिवारका सदस्यहरुको हत्या पश्चात जमालुले झुन्डिएर आत्महत्या गरको हुनसक्ने बताइएको छ ।
घटनापछि परिवारकै दुईजनालाई स्थानीय एक अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । उनीहरुको अवस्था गम्भीर रहेको बताइएको छ ।