१६ चैत्र २०८०, शुक्रबार
Follow Us

एनआरएन लाप्राक नमूना वस्ती हस्तान्तरण १२ वैशाखमा

नेपालब्रिटेन डट कम्
१३ चैत्र २०७७, शुक्रबार ११:०४

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को सकृयतामा गोर्खामा निर्माणाधिन लाप्राक नमूना वस्ती औपचारिक रुपमा हस्तान्तरण हुने भएको छ ।

गैरआवासीय नेपाली संघका उपाध्यक्ष तथा लाप्राक नमूना वस्ती परियोजनाका संयोजक सोनाम लामाका अनुसार उक्त वस्तीको हस्तान्तरण बैशाख १२ गते (अप्रील २५ तारिख) हुने तय भएको छ ।

यसका लागि आवश्यक कार्यहरु भईरहेको लामाले जानकारी दिए । यसअघि संघको एक टोलिले २४ र २५ मार्च २०२१ का दिन लाप्राक नमूना वस्तीमा भएका निर्माण सम्बन्धि कामहरुको अवलोकन गरेको थियो ।

सो टोलीले परियोजनामा भएका कार्यहरुको प्रगती बारे परियोजनामा कार्यरत कर्मचारीहरु, लाभग्राहीहरु र सरोकारवालाहरुसंग भेट गरी जानकारी लिएको थियो ।

लाप्राक नमूना वस्तीमा बांकी रहेका कामहरु यही चैत्रको अन्तिममा सकिएर सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्ने तयारी छ