१५ चैत्र २०८०, बिहीबार
Follow Us

शंकरको “हे मन”ले तहल्का पिट्दै (भिडियो सहित)

नेपालब्रिटेन डट कम्
१३ चैत्र २०७७, शुक्रबार १४:१६

काठमाडौँ । चर्चित गायक तथा संगीतकार शंकर थापा स्माइलको नयाँ गीत “हे मन” सार्वजनिक भएको छ । गायक स्माइलका यस अघि पनि थुप्रै हिट गितहरु बजारमा आएका छन् ।

उनले हालसम्म सांगीतिक क्षेत्रमा विभिन्न स्वरुपमा आफ्ना गीतहरु दर्शक तथा स्रोताका माझ पस्कदै आएका छन् । फल स्वरुप सांगीतिक क्षेत्रमा उनले आफ्नो बेग्लै परिचय बनाउन सफल भएका छन् ।

उनका संगीतमा पनि थुप्रै चर्चित गायक तथा गायीकाले स्वर दिन भ्याएका छन् । गीतमा उनले गरेका संगीतको पनि नेपाली सांगीतिक उद्योगमा उत्तिकै चर्चा चल्ने गर्दछ ।

विभिन्न कार्यक्रम,मेला,महोत्सवमा समेत आफ्नो प्रस्तुति राख्दै आएका गायक ताथ संगीतकार स्माइलले हालै मात्रै नयाँ गीत “हे मन” सार्वजनिक गरेका छन् । उनको स्वर तथा संगीत रहेको यस गीतमा राखी गौचनले शव्द रचना गरेका हुन् ।

गीतको भिडियोमा सुधिर श्रेष्ठ,सृजना जिसी र प्रनिमा दहालको अभिनय रहेको छ । भने भिडियो निर्देशन मुनाल शिशिर कोइरालाले गरेका हुन् ।

भिडियो “डश म्युजिक” युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।