६ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएनए यूके ४ करोड प्रकरण : छानबिन प्रतिवेदन गुपचुप पारेर दोषीलाई उन्मिुक्ति दिने प्रयास

नेपालब्रिटेन डट कम्
१४ चैत्र २०७७, शनिबार १३:१३

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको ४ करोड रुपैयाको आर्थिक छानविन समितिको प्रतिवेदनलाई गुपचुप पार्ने प्रयास गरिएको छ ।

गैरआवासीय नेपाली संघ यूकेको गत कार्यसमितिले गरेको खर्चमा व्यापक लापरवाही भएको निष्कर्ष छानविन समितिले निकाले पछि वर्तमान कार्यसमितिले सो प्रतिवेदन सार्वजनिक नगरेर दोषीलाई उन्मिुक्ति दिने तयारी गरेको हो ।

गैरआवासीय नेपाली संघ यूकेको आइतवार सम्पन्न बैठकमा सो छानविन समितिको प्रतिवेदन माथि छलफल भएको एक पदाधिकारीले जानकारी नेपालब्रिटन डट कमलाई दिए ।

बैठकको निर्णय अनुसार छानविन समितिको प्रतिवेदन कार्यसमितिका सदस्यहरुमा सर्कुलर गरिए पनि सार्वजनिक नगर्न महासचिव फडिन्द्र भट्टराईले उर्दी जारी गरेका छन् । बैठकमा छानविन समितिको प्रतिवेदन अनुसार दोषी माथि कारवाहीका बारेमा भने कुनै छलफल नभएको बताएको छ ।

यसअघि वर्तमान कार्यसमितिले वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट एलएन पाण्डेको संयोजकत्वमा आर्थिक छानबिन समिति गठन गरेको थियो । सो समितिले तीन महिना लगाएर सो प्रतिवेदन तयार परेको थियो ।

छानविन समितिमा डा मुकुन्द बाँस्तोला र मेजर बुद्धि गुरुङ सदस्य रहेका थिए ।

के छ छानविन प्रतिवेदनमा ?

कार्यसमितिलाई बुझाएको प्रतिवेदनमा तत्कालिन कार्यसमितिले कोष व्यवस्थापनमा लापरवाही भएको निष्कर्ष निकालेको एक पदाधिकारी जनाए ।

प्रतिवेदनले तत्कालीन कार्यसमितिलाई लापरवाहीमा जिम्मेवार ठहर गरेको छ ।

प्रतिवेदन अनुसार अनाधिकृत रुपमा खर्चहरु गरिएको, मतगण नास्थल, ठूलो राशीको नगद कारोबार गरिएको, र सदस्यता डाटा इन्ट्री तथा कार्ड छपाईमा आवश्यकताभन्दा बढी रकम खर्च गरिएको, संस्थाकै कोषले रेष्टुरेन्टका बिल तिरेर संस्थालाई आर्थिक रुपमा घोटा पुराएको उल्लेख छ ।

‘एनआरएनए यूकेमा चार करोड रुपैयाँको हिसाव गोलमाल’