७ बैशाख २०८१, शुक्रबार
Follow Us

धुमधामसँग मनाए च्ह्य ल्होसार पर्व

नेपालब्रिटेन डट कम्
२१ पुष २०७३, बिहीबार ०५:३३

लन्डन । सेन्टर हेरो लण्डनमा तमुप्ये ल्हु संघ युकेको आयोजनामा बेलायतबासी तमुहरुले तमु महान पर्व च्ह्य–ल्होसार महोत्सव धुमधामसँग मनाए । बाँदर वर्गको बिदाई तथा चरा वर्गको स्वागत गर्दै वर्ग बाहिरिने र भित्रिने क्रममा हुने वा असर पार्ने पराक्रमहरुको सन्तुलन र रोकथाम गराई स्वस्ति–शान्ति तथा शुभलाभको लागि सामूहिक रुपमा छ्योप त्हेँ, पार्क त्हेँ र थासोँ त्हेँ गरिएको थियो ।
खेगी संयोजक डम्बर टुक्ल्हे प्रीतमुको संयोजकत्वमा बिहानको दश बजेदेखि पूजा सुरु गरिएको थियो भने छ्योप त्हेँ, पार्क त्हेँ र थासोँ त्हेँको क्रमशः पच्युजीतक्रोम्छे, पच्यु देव गरब्ज र क्ल्हे प्रीमनाग्रेँ टुक्ल्हेप्रीतमुले नेतृत्व गरेका थिए । सर्वसाधारणको जानकारीको लागिपूजाको बारेमा संक्षिप्त रुपमाव्यख्यागरिएको पर्चा समेत बाँडिएको थियो जुन, पच्युजीतक्रोम्छे, पच्यु देव गरब्ज र क्ल्हेप्री हिरा म्होब्छे क्ल्हेप्रीले लेख्नुभएको थियो ।
संघका अध्यक्ष सोम त्होर्जे तमुको संयोजकत्वमा आयोजित उक्त च्ह्य–ल्होसार महोत्सवको प्रमुख अतिथि राजदूत डा दुर्गाबहादुर सुवेदी हुनुहुन्थ्यो भने विशेष अतिथिहरुमा नेपालदेखि पाल्नुभएका डा. जगमान क््रहोँगीलम् तमु र पुनम राज्यलक्ष्मी सुवेदी हुनुहुन्थ्यो । यसैगरी बेलायतमा क्रियाशिल विभिन्न संघ सँस्थाका अध्यक्षहरु लगायत विभिन्न व्यक्तित्वहरुलाई अतिथिको रुपमा आमन्त्रण गरिएको थियो ।
प्रमुख अतिथि महामहिम राजदूत डा. दुर्गा बहादुर सुवेदी र अध्यक्ष सोम त्हार्जे तमुको बाहुलीबाट दीप प्रज्वलन गरी संयुक्त रुपमा समुद्घाटन गरिएको च्ह्य–ल्होसार महोत्सवलाई भव्य र सभ्य रुपमा सम्पन्न गराउनको लागि जिम्मेवारी बाँडफाँड गरिएको थियो । पूर्ण क्रोम्छे र आशक्रोम्छे तमुको संयोजनमा खाना व्यवस्था र रामगोपाल तेलैँजे र पूर्ण च्हम्रुतमुको संयोजनमा ड्रिँक्स् व्यवस्था गरिएको थियो भने आमा समूहको सक्रियता तथा पार्वती पर्जु तमुको संयोजनमा नास्ता पानीको व्यवस्था गरिएको थियो । यसैगरि अतिथि सत्कार संयोजन ले. मदनप्ल्हेँ तमुले गर्नुभएको थियो भने यातायात र सुरक्षा संयोजन रनबहादुर टुक्ल्हेप्रीतमुले गर्नु भएको थियो । त्यसैगरि दिलिप तेलैँजे तमुले आर्थिक संयोजन गर्नु भएको थियो भने भेग च्हाक्ली र खेम सर्वुज तमुले कार्यक्रम संयोजन र जुम टुक्ल्हेप्रीतमुले साँस्कृति ककार्यक्रमको संयोजन गरेका थिए ।
पन्ध्र सयभन्दा बढी जनसहभागिता रहेको उक्तच्ह्य–ल्होसार महोत्सवमाविभिन्न विश्वविद्यालयहरुबाट विद्यावारिधी गरेका छात्रछात्राहरु, विभिन्न संघसँस्थाका नेतृत्व ग्रहण गरेका नवनियुक्त अध्यक्षहरु, विभिन्न क्षेत्रमा सफलता हासिल गरेका व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो भने नेपालदेखि वेलायत आउनुभएका डा जगमान क््रहोँगीलम् तमु, गायक मनोज तमु, गायिका मिलन आमात्य र चलचित्र निर्माता रामबाबु तमुलाई स्वागत–सम्मान गरिएको थियो । यसैगरि नयाँ आजीवन सदस्यहरुलाई सदस्यता प्रमाण पत्रवितरण गरिएको थियो भने सामूदायिक भवन तथा क्होँईवोँ निर्माण योजनाको सहयोगार्थ दान दिनुहुने दानवीर दाताहरुलाई पनि सम्मान गरिएको थियो ।
विभिन्न साँस्कृतिक प्रस्तुती रहेको कार्यक्रमको उत्तरार्धमा ल्होसार काउण्ट डाउन गरी च्ह्यल्हो (चरा वर्ग) को स्वागत गरिएको थियो भने विभिन्न लयका गुरुङ्ग गीतहरुले साँझलाई संगितमय बनाएको थियो ।