६ बैशाख २०८१, बिहीबार
Follow Us

बागलुङमा होलीमा झडप हुँदा दुई जनाको मृत्यु

नेपालब्रिटेन डट कम्
१५ चैत्र २०७७, आईतवार १६:२४

बागलुङ । बडिगाड गाउँपालिका-१० दर्लिङ र प्युठान जिल्लाको सिमानामा लागेको होली मेलामा युवाबीच भएको झडपमा केही व्यक्तिको हताहती भएको बताइएको छ।

दर्लिङको बल्देधुरीमा दुई युवा समूहबीच झडप हुँदा हताहती भएको बडिगाँड गाउँपालिका ९ का अध्यक्ष कृष्णबहादुर खत्रीले जानकारी दिए।

गुल्मी, बागलुङ र प्युठानको सिमाना बल्देधुरीमा होली मनाउन गएका युवाबीच झडप हुँदा दुईको मृत्यु र केही युवा घाइते भएको हुनसक्ने खत्रीले बताए।

मृत्यु हुनेमा ३६ वर्षीय प्रकाश कुँबर र ३४ वर्षीय दिपक दमाइ रहेका छन्। उनीहरुको शव बल्देधुरी भीरबाट ५०० मिटर तल खसेको अवस्थामा भेटिएको प्रहरी नायब उपनिरीक्षक इग्वाल हवारीले जानकारी दिए।