१५ चैत्र २०८०, बिहीबार
Follow Us

गायिका प्राश्ना पाण्डे र गायक दीपक बराइली पक्राउ

नेपालब्रिटेन डट कम्
२१ पुष २०७३, बिहीबार ०६:१६

काठमाडौं । प्रहरीले सामाजिक सञ्जालमा रातो नम्बरको आतंक फैलाएको आरोपमा गायिका प्राश्ना पाण्डे र गायक दीपक बराइलीलाई पक्राउ गरेको छ । पाण्डे र बराइलीले रातो नम्बरबाट फोन आउने र त्यसले स्वास्थ्यमा गम्भीर जोखिम हुने भन्दै फेसबुक र ट्वीटरमा प्रचार गरेको प्रहरीको अभियोग छ । बराइलीले रातो नम्बर उसैले ‘क्रिएट’ गरेको सिआइबीले आज पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । प्रहरीले यस्तो भ्रममा नपर्न अनुरोध पनि गरेको छ ।
गायिका पाण्डे र गायक बराइलीले भुलवस फेसबुकमा सेयर गरेको भन्दै माफी मागेका छन् ।
यसअघि झापा घर भएकी गायिका पाण्डेले सोमबार फेसबुकमा एक रातो नम्वरबाट कल आएको र सबैलाई सतर्क रहन भन्दै ‘स्टाटस अपडेट’ गरेकी थिइन् ।