८ बैशाख २०८१, शनिबार
Follow Us

बेलायती प्रधानमन्त्रीमाथि श्रीमतीको आँखा छलेर प्रेमिकासँग मस्ती गरेको आरोप

नेपालब्रिटेन डट कम्
१६ चैत्र २०७७, सोमबार २१:०३

लण्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोनसोनले श्रीमतीको आँखा छलेर आफुुसँग शारिरिक सम्पर्क राखेको आरोप जेनिफर आर्करीलेलगाएकी छिन् । ३६ वर्षीय अमेरिकी व्यवसायी आर्करीका अनुसार उनी २०१२ देखि २०१६ सम्म जोनसोनसँग प्रेममा थिइन्, जतिबेला जोनसोन लण्डन शहरका मेयर थिए । आर्करीका अनुसार जोनसनले एकपटक आफ्नी श्रीमती मारिना ह्विलर काममा छिन् भनेर प्रेमिकालाई घरमै बोलाएका थिए । उनीहरुले यहाँ सोफामा मस्ती गरे र आर्करी निस्किएको १० मिनेटलगत्तै मारिना घर छिरिन् ।

‘यदी म १० मिनेट ज्यादा बसेको भए, सायद मारिना यहाँ आइपुुग्ने थिइन् । यो अवश्य राम्रो अनुुभव हुने थिएन,’ आर्करीले भनेकी छिन्,‘ हामी उनको घरमा सुत्यौं र केही हदसम्म यो रमाइलो पनि थियो । तर यो सही थिएन भन्ने मलाई पछि लाग्यो ।’

सन् २०१६ को सुरुवातदेखि भने सम्बन्धमा असहजता महसुस हुन थालेको आर्करीले बताएकी छिन् । त्यसअघि आफुले जोनसोनलाई न्युुड फोटो तथा अश्लिल सन्देशहरु पनि पठाउने गरेको उनले दाबी गरेकी छिन् । २०१६ को अन्त्यतिर भने माथियुु हिक्कीसँग आर्करी गहिरो प्रेममा थिइन् र यतिबेला उनी गर्भवती पनि भइसकेकी थिइन् । केही समयपछि उनले हिक्कीसँग नै बिहे गरिन् ।

द इन्डिपेन्डेन्ट अफिस फर पुलिस कन्डक्टका अनुसार सार्वजनिक कार्यालयमा जोनसोनले कुनै आपराधिक काम गरेको अहिलेसम्म देखिएको छैन, यद्यपी उनले नैतिक मापदण्डका आधारभूत मान्यता भंग गरेको हुनसक्छन् । सार्वजनिक पद धारण गरेका व्यक्तिले यस्तो अनैतिक हर्कत गर्न मिल्छ वा मिल्दैन भन्ने विषयमा विवाद निम्तिएपछि ग्रेटर लण्डन अथोरिटी ओभरसाइट कमिटीले यसबारे छानविन गरिरहेको छ ।

२०१८ मा क्यारी साइमण्ड्ससँगको जोनसोनको प्रेम सम्बन्ध सार्वजनिक भएपछि श्रीमती मारिनासँग उनको सम्बन्ध टुुंगिएको थियो । त्यसयता, जोनसोन–साइमण्ड्स दम्पत्तीलाई गत वर्ष पुुत्रलाभ भएको थियो ।