७ बैशाख २०८१, शुक्रबार
Follow Us

काभ्रे सोसाईटी युकेद्वारा अनलाइन सदस्यता सुरु

नेपालब्रिटेन डट कम्
१७ चैत्र २०७७, मंगलवार ०७:४५


मिलन शर्मा ।
काभ्रे सोसाईटी युके द्वारा अनलाइन सदस्यता आवेदन र बारकोड सहितको सदस्यता परिचय पत्र वितरण सुरु गरेको छ । नेपालको काभ्रेपलाञ्चोक जिल्ला जन्म भई हाल बेलयातका विभिन्न शहरहरु बसोबास गर्नुहुने सबैलाई एक ठाऊमाँ संगठित गर्दै काभ्रे सोसाइटी गठन भयको हो । गत फ़ेब्रूएरी १४ प्रेम दिवसका दिन जूम मार्फ़त भयको कार्यकारी समितिको बैठकले १७ जना बिध्याथीलाई पढाउने निर्माय गरेको थीयो । संस्थाले काभ्रेमा अति विपन्न जेहेनदार वाल वालिकाको पहिचान गरी छात्रवृत्ति सुरु गर्ने योजना अनुरुप काम सुरु भैसकेको छ।

काभ्रे सोसाइटी युकेले आफ्ना सदस्यहरुको सुविधाको लागि सोसाईटीको वेभसाईट मार्फत अनलाईन सदस्यता बितरण कार्य सुरु गरेको छ। सदस्य वन्न चाहने यु के वासी काभ्रेलीहरुले काभ्रे सोसाइटी युके को वेभसाइटमा गएर सदस्यता आवेदन दिन सक्नेछन भने यसरि भरिएको विवरण सम्वन्धित आवेदकलाइ अटोमेटेड इमेल सिस्टममा मार्फत इमेल भेरिफिकेशनको लागि पठाउने छ।

आवेदकबाट इमेल ठेगाना भेरीफिकेशन भैसकेपछि उक्त आवेदको सबै बिबरण प्रमाणित भएमा सम्बन्धित आबेदकले संस्सथाको ब्यक्तिगत सदस्यता नं सहित संस्थाको प्रमाणपत्र र बारकोड सहितको फोटो आइडि कार्ड इमेल मार्फतनै प्राप्त गर्नेछन।प्रतेक सदस्ययलाई काभ्रे सोसाइटी युके को ब्यक्तिगत युजर एकाउण्ट उपलब्द्वाध गराइने छ ।

सदस्यले २४ सै घण्टा आफुले चाहेको बेला आफ्नो एकाउन्ट लगइन गरेर आफ्नो बबरण अध्यावधि गर्न, संस्थाका सम्पुर्ण हिसावकिताव र प्रगति वारे आफुले चाहेको बखत हेर्न पनि सक्नेछन।”हाम्रा सबै काम र हिसाब सुरुबाटै पारदर्शी बनाउन सुरु गरेका छौ संस्थाका अध्यक्ष रवीन्द्र शर्मा वताउछन्।

केहि महिना अगाडी मात्र शर्मा को अध्यक्षमा बनेको पहिलो कार्यसमितिले संस्था स्थापनाको केहि महिनामानै गरेको यो अर्को उदाहरणीय र पारदर्शी काम अन्य संस्थाहरुको लागि पनि प्रेरणा हूँन सक़्ने अपेक्षा सोसाइटीको वरिष्ठ उपाध्यक्ष नारायण फुँयाललेको ठमाई छ । सोसाइटीले आफ्नो सामाजिक कर्मलाई उत्साहपूर्ण ढंगले अघि बढाउंदै जाने उनले जानकारी दिए ।

काभ्रे सोसाईटी युकेको अफ़िशल वेबसाइट http://ksuk.org/ हो भने सदस्य बनको लागी यो लिंक मा जानु अवश्यक छ ।
http://development.ksuk.org/forms/nvEgdQUI ।

गत नोभेम्वर ९ तारिखका दिन स्थापना भएको सोसाइटीले शुरुका दिनदेखि नै आफ्नो सक्रियता बढाएको महासचिब रूपक पौडायको अनुभव छ । सोसाईटीको पाइपलाइनमा अरु पनी योजना छन,-एक पछी अर्कों ऐक्शन मा हामी जाने हो उनले थपे ।