११ बैशाख २०८१, मंगलवार
Follow Us

कोरोना संक्रमणको दर बढ्यो

नेपालब्रिटेन संवाददाता
१८ चैत्र २०७७, बुधबार १०:१४

काठमाडौं । कोरोना संक्रमणको दर पछिल्लो समय बढ्दै गइरहेको छ। संक्रमणको जोखिम बढ्दै गएकोले आवश्यक स्वास्थ्य सावधानी अपनाउन विज्ञहरुले आग्रह गरेका छन। पछिल्लो २४ घण्टामा थप १६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । हाल देशभर एक हजार ३९० जना सक्रिय सङ्क्रमित छन् । कोरोना सङ्क्रमणबाट हिजो तीन जनाको मृत्यु भएको छ ।

हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको संख्या तीन हजार ३० जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।