१५ चैत्र २०८०, बिहीबार
Follow Us

महोत्तरीबाट हराएका बालिका र किशोरी भारतीय सहरमा भेटिए

नेपालब्रिटेन संवाददाता
१८ चैत्र २०७७, बुधबार १०:१८

महोत्तरी । महोत्तरीको भङ्गाहा नगरपालिका–८ धर्मपुरमा हराइरहेका सात बालिका र किशोरी भारतको सितामढीमा सुरक्षित फेला परेको बताइएको छ ।

उनीहरुको पहिचान गरी लिएर आउन महोत्तरी प्रहरी त्यसतर्फ प्रस्थान गरेको छ । उनिहरु हिजो दिउँसोदेखि हराइरहेका थिए । घरबाट घाँस काट्न गएका १० देखि १८ वर्षसम्मका सात बालिका र किशोरी अपहरणमा परेको हुनसक्ने अनुमान गरिएको थियो ।

धर्मपुरको दलित बस्तीका घाँस काट्न भनी समूहमा निस्केका १० वर्षीयाद्वय रञ्जना पासवान र सीमा पासवान, १३ वर्षीया ज्योति पासवान, १५ वर्षीयाद्वय रिया पासवान र रचना पासवान एवं १८ वर्षीयाद्वय नगिना पासवान र अस्मिता पासवान सम्पर्कविहीन भएका हुन् ।