११ बैशाख २०८१, मंगलवार
Follow Us

प्रमुख कार्यकारी अधिकृत ज्ञवाली पदमुक्त

नेपालब्रिटेन डट कम्
२१ पुष २०७३, बिहीबार ११:०७

काठमाडौं । सरकारले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई पदमुक्त गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले उहाँलाई पदमुक्त गर्ने निर्णय गरेको मन्त्रिपरिषद्का एकजना वरिष्ठ सदस्यले राससलाई बताउनुभयो ।
भूकम्पपछिको पुनःनिर्माणका काम द्रुत गतिमा सम्पादन गर्न नसकेको भन्दै सरकारले ज्ञवालीलाई गतसाता स्पष्टीकरण सोधेको थियो ।
उहाँले पेस गरेको स्पष्टीकरण चित्तबुझ्दो नभएकाले पदमुक्त गर्ने निर्णय सरकारले गरेको जानकारी दिँदै मन्त्रिपरिषद्का ती सदस्यले ‘ज्ञवालीजीलाई पदमुक्त गर्ने सम्बन्धमा केही प्रक्रिया बाँकी रहेकाले साँझसम्ममा निर्णय सार्वजनिक हुने’ बताउनुभयो ।
सरकारबाट आफूलाई पदमुक्त गरेको पत्र प्राप्त हुनेबित्तिकै कानुनी उपचारको बाटो खोज्ने तयारीमा प्रमुख कार्यकारी अधिकृत ज्ञवाली रहनुभएको प्राधिकरणका एक अधिकारीले जानकारी दिनुभएको छ ।