८ बैशाख २०८१, शनिबार
Follow Us

प्रचण्डको निवेदनमा फैसला पुनरावलोकन नहुने

नेपालब्रिटेन संवाददाता
१९ चैत्र २०७७, बिहीबार ०८:२६

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ले दिएको पुनरावलोकन निवेदनलाई सुनुवाइका लागि निस्सा दिन सर्वोच्च अदालतले अस्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा तथा न्यायाधीशद्वय तेजबहादुर केसी र प्रकाशकुमार ढुंगाना सम्मिलित पूर्ण इजलासले पुनरावलोकनका लागि अनुमति दिन अस्वीकार गरेको हो । फागुन २३ गते सर्वोच्चले फैसला गर्दै एमाले र माओवादी केन्द्र पुरानै अवस्थामा फर्काइदिएको थियो । उक्त फैसलाविरुद्ध प्रचण्डले मंगलवार सर्वोच्चमा पुनरावलोकनको निवेदन दिएका थिए ।