१४ बैशाख २०८१, शुक्रबार
Follow Us

सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय भएको छैन: माओवादी केन्द्र

नेपालब्रिटेन संवाददाता
१९ चैत्र २०७७, बिहीबार ०८:२८

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन तत्कालै फिर्ता नगर्ने भएको छ । माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारलाई दिएको समर्थनबारे अहिले कुनै पनि निर्णय नभएको बताए ।

उनले शनिवार वा आइतबार स्थायी कमिटीको बैठक बसेर यसबारे निर्णय गर्ने पनि जानकारी दिएका छन् । आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको अनौपचारिक बैठकमा पछिल्लो राजनीतिक परिस्थितिको विश्लेषण भएको छ ।

परिस्थिति स्पष्ट भई नसकेको र दलहरूले केही समय माग गरेकाले समर्थन फिर्ताबारे निर्णय नभएको नेता श्रेष्ठले बताए ।