१३ बैशाख २०८१, बिहीबार
Follow Us

एमालेको नेपाल–खनाल पक्षले स्थायी कमिटी बैठक बोलायो

नेपालब्रिटेन संवाददाता
२० चैत्र २०७७, शुक्रबार ०३:३३

काठमाडौं । नेकपा एमालेको नेपाल–खनाल पक्षको आज स्थायी कमिटी बैठक बस्ने भएको छ । आज बिहान ११ बजेका लागि बैठक बोलाइएको हो। आफ्ना पक्षका नेताहरुमाथि एकपछि अर्को गर्दै ओलीले कारबाही गर्न थालेपछि आगामी रणनीति बनाउन र छलफल गर्न स्थायी कमिटी बैठक बोलाइएको हो।

नेकपा एमालेले माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई ६ महिना पार्टी सदस्यताबाटै निलम्बन गरेको छ। उनीहरुले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै अध्यक्ष केपी शर्मा ओलीले निलम्बन गरेका हुन्।

एमालेको केन्द्रीय कमिटीको चैत ७ गतेको बैठकको निर्णयअनुसार महासचिव ईश्वर पोखरेलले नेपाल, रावल, पाण्डे र भुसाललाई स्पष्टीकरण सोधेका थिए। नेपाल–खनाल पक्ष अहिले देशव्यापी समानान्तर संरचना बनाउने क्रममा छ।

यो समूहले अखिल नेपाल महिला संघ (अनेमसंघ), अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, युवा संघ नेपाललगायतमा समानान्तर कमिटी बनाइ सकेको छ । बिहीबार कास्कीको जिल्ला भेलालाई सम्बोधन गर्दै नेता नेपालले केन्द्रमा पनि समानान्तर संरचना बनाउने उद्घोष गरेका थिए। आजको बैठक बसेर थप रणनीति र अभियान सुरु गर्ने नेपाल–खनाल पक्षको योजना छ।