८ बैशाख २०८१, शनिबार
Follow Us

भारतमा एकैदिन ८१ हजार बढी संक्रमित

नेपालब्रिटेन संवाददाता
२० चैत्र २०७७, शुक्रबार ०३:४३

भारतमा थप ८१ हजार ४४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भारतमा एकैदिन संक्रमण पुष्टि भएको यो संख्या सन् २०२१ कै धेरै हो । यसअघि हिजो ७१ हजार १८१ जनामा कोरोना पुष्टि भएकोमा पछिल्लो २४ घण्टामा ८१ हजार ४४१ जनामा कोरोना पुष्टी भएको वर्ल्डओमिटरले जनाएको छ ।

कोरोना संक्रमितको पछिल्लो वृद्धिसँगै त्यहाँ संक्रमितको संख्या १ करोड २३ लाख २ हजार ११० पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा १ करोड १५ लाख २२ हजार ८८४ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ६ लाख १५ हजार ७९८ छ ।

त्यसैगरी भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ६३ हजार ४२८ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप ४६८ जनाको मृत्यु भएको वर्ल्डोमिटरले जनाएको छ ।