१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनए यूकेद्धारा पहिलो पटक अनलाइन मार्फत सदस्यता वितरण शुरु

नेपालब्रिटेन डट कम्
२० चैत्र २०७७, शुक्रबार ०७:५१

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले पहिलो पटक अनलाइन मार्फत सदस्यता वितरण शुरु गरेको छ ।
संघका महासचिव फडिन्द्र भट्टराईका अनुसार हिजो बिहीवार देखी एमआइएस सिस्टम (मेम्बर इन्फरमेसन सिस्टम) बाट पञ्जीकृत सदस्यता वितरण शुरु गरेको हो ।
सदस्यता लिने समयसीमा आउंदो १० जुनसम्म तोकिएको छ । संघले सदस्यता शुल्क १० पाउण्ड निर्धारण गरेको छ ।

अहिले शुरुमा वेव भर्जन (कम्प्युटर, डेस्कटप वा ल्यापटप) बाट प्रक्रिया शुरु गरिएको र छिट्टै स्मार्टफोन (आइओएस, एन्ड्रोइडमा समेत उपलब्ध हुने संघले जनाएको छ ।

एनआरएनए यूकेलाई थप व्यवस्थित बनाउन उक्त प्रविधि शुरु गरिएको संघकी अध्यक्ष पुनम गुरुङ र महासचिव फडिन्द्र भट्टराईले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।