१४ बैशाख २०८१, शुक्रबार
Follow Us

माधव नेपाल समूहले शनिवार अभियान घोषणा गर्ने

नेपालब्रिटेन संवाददाता
२० चैत्र २०७७, शुक्रबार १३:०५

काठमाडौं । नेकपा एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल समूहले भोलि (शनिवार) संगठन विस्तार तथा सुदृढीकरणसम्बन्धी अभियान घोषणा गर्ने भएको छ ।

यो समूहले राष्ट्रिय भेलाबाट पारित भएको ‘राजनीतिक प्रतिवेदन’लाई कार्यकर्तामाझ लैजाने समेत जानकारी दिएको छ । नेपाल समूहका नेताहरुको बैठकमा चैत ४ र ५ गते भएको राष्ट्रिय कार्यकर्ता भेलामा प्रस्तुत भएको अवधारणामा १० वटा टोलीबाट आएको सुझावलाई समेटेर तयार भएको ‘राजनीतिक प्रतिवेदन’माथि समेत छलफल भएको छ ।

नेपाल समूहका स्थायी कमिटी सदस्यहरुको शुक्रबार बसेको बैठकले पार्टी उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेमाथि गरिएको कारबाहीको विरोध पनि गरेको छ ।

कारबाही पार्टीको नवौं महाधिवेशनबाट पारित विधान विपरित र पूर्वाग्रही भएको निष्कर्ष सुुनाउँदै नेता योगेश भट्टराईले भने, ‘यसले कमरेड केपी ओली एमालेलाई विभाजित गर्न उद्दत हुनुहुन्छ भन्ने पुष्टि हुन्छ । यसकोे निन्दा र भत्र्सना गर्छौं ।’

एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार नेताद्धय भुसाल र पाण्डेलाई पार्टी सदस्यबाट ६ महिना निलम्बन गर्ने निर्णय गरेका थिए । उनले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पनि यही कारबाही गरेका थिए ।