१३ बैशाख २०८१, बिहीबार
Follow Us

थप १७९ जनामा कोरोना संक्रमण पुष्टि

नेपालब्रिटेन संवाददाता
२० चैत्र २०७७, शुक्रबार १३:१२

काठमाडौँ । पछिल्लो २४ घन्टामा देशभर थप १७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा ३ हजार ५६५ जनामा गरिएको पिसिआर परीक्षण १७९ जनामा कोरोना संक्रमण देखिएको हो। योसँगै नेपालमा कुल संक्रमितको संख्या दुई लाख ७७ हजार ६४० पुगेको छ ।

यस्तै आज शुक्रबार १११ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ७२ हजार ९६२ पुगेको छ । आज कोरोना संक्रमणका कारण कसैले पनि ज्यान गुमाएका छैनन्। नेपालमा कोरोनाका कारण हालसम्म ३ हजार ३१ जनाले ज्यान गुमाइसकेका छन् ।

हाल देशभर ६१ जना क्वारेन्टाइनमा रहेका छन् भने १ हजार ६४७ जना संक्रिय संक्रमित रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।