७ बैशाख २०८१, शुक्रबार
Follow Us

जेनिफर अर्करीसँग बेलायती प्रधानमन्त्री जोनसनको ‘यौनराज’बारे खुलासा

नेपालब्रिटेन संवाददाता
२० चैत्र २०७७, शुक्रबार १३:१६

लन्डन । बेलायती प्रधानमन्त्री बोरिस जोनसनसँग उद्योगपति जेनिफर अर्करीले चार वर्षसम्म प्रेम र यौनसम्बन्ध रहेको खुलासा गरेकी छन् । यस घट्नाले बेलायत तातेको छ । बेलायतमा यसबारे जाँचपड्ताल सुरु भएको समाचारहरुमा उल्लेख छ । एक दिन जोनसन पत्नी मरिना घरमा नभएका बखत सिंगो रात बिताएको समेत जेनिफरले दाबी गरेकी छन् । प्रधानमन्त्री जोनसनभन्दा २१ वर्ष कान्छी जेनिफरका अनुसार उनीहरुको प्रेम त्यो बेला उत्कर्षमा पुग्यो जतिखेर सातामा दुई पटक भेट हुन्थ्यो ।